उजुरी दर्ता गर्न नमानेको भन्दै उत्तर प्रदेशमा एक दलित परिवारको निर्वस्त्र प्रदर्शन

असोज २५ विभेद बिरुद अभियान । नेपालमा मधेशी लगायतका वर्गले उचित अधिकार नपाएको निहुँमा नाकाबन्दी गर्दै आएको भारतले आफ्ना नागरिकहरुलाई कत्तिको अधिकार दिएको रहेछ भन्ने कुरा पछिल्लो घटनाले प्रष्ट पारेको छ ।
प्रहरीले चोरीको घटनामा उजुरी दर्ता गर्न नमानेको भन्दै उत्तर प्रदेशमा एक दलित परिवारले निर्वस्त्र भएर प्रदर्शन गर्नुपरेको छ ।
प्रहरीको विभेद विरुद्ध नांगिएका दलित परिवारले प्रहरीले न्याय दिनुको साटो उल्टै अश्लीलता प्रदर्शन गरेको आरोपमा पक्रिएको छ ।उत्तर प्रदेशको गौतम बुद्ध नगरस्थित दनकौर क्षेत्रमा गत बिहिबार दलितहरुले निर्वस्त्र प्रदर्शन गरेका थिए । ग्रेटर नोएडा पुलिसले आफुहरुको लुटपाटको उजुरी दर्ता गर्न नमानेको भन्दै दलित परिवारका ३ महिला तथा २ पुरुषले प्रहरीले विरुद्ध निर्वस्त्र प्रदर्शन गरेका थिए । स्थानीय दलित पुरुष सुनिल गौतम आफ्नोमा चोरी गरेको आरोपमा बिहिबार छिमेकी महाविर विरुद्ध पुलिस चौकीमा उजुरी दर्ता गर्न गएका थिए ।
उनीसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्य पनि पुलिस चौकी गएका थिए ।
तर प्रहरीले उनीहरुको उजुरी दर्ता गर्न मानेन र उल्टै महाविरलाई संरक्षण गर्न थाल्यो । यसको विरोधमा पुलिस चौकी बाहिर गौतम, उनकी श्रीमती तथा परिवारका अन्य सदस्यले एकाएक कपडा फुकालेर नांगिए र नाराबाजी गरे ।
प्रहरीले भने महाविर विरुद्ध उजुरी दर्ता भैसकेको र उसको खोजी भैरहेको भन्दै गौतम र उनका परिवारले पुलिसको बन्दुक खोसेर हातपात गर्न खोजेको र चौकी बाहिर आएर नांगिएर तमासा गर्न थालेपछि पक्राउ गरेको दाबी गरेको छ ।
दलित परिवारले केहीबेर निर्वस्त्र प्रदर्शन गरे र केहीबेरमै प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । तर त्यतिन्जेल त्यहाँ जम्मा भएका मानिसहरुले त्यो दृश्य क्यामरामा कैद गरिसकेका थिए । जुन इन्टरनेटमा अपलोड भएपछि निकै भाइरल बनेको छ ।

No comments:

Post a Comment