राष्ट्रिय दलित विकास संस्था कुश्मा पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


विभेद बिरुद अभियान , पर्वत असोज २०- राष्ट्रिय दलित विकास संस्था कुश्मा पर्वतको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड विजयदशमी, दिपावली तथा छठ पर्व २०७३ को अवसरमा शुभकामना तथा आदानप्रदान कार्यक्रम गरेको हो
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्तहरुले नेपालको संविधान २०७२ मा दलित समुदायका केहि मुद्धाहरु सम्बोधन भएको भन्दै अझै पनि अधिकार भने सुनिश्चित नभएकाले पछाडी पारिएका दलित, महिला, जनजाती, जेष्ठ नागरिकहरुलाई राज्यको मुलधारमा नल्याएसम्म विकासले गति लिन नसक्ने धारणा राखे । दलितका अधिकार सुनिश्चित गरी उनीहरुलाई राज्यको मुल धारमा ल्याउन सबै राजनितिक दलको साझा धारणाको आवश्यकता रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद जोशीले दलित तथा विपन्न वर्गको उत्थान र जिविकोपार्जनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सबै वर्ग समुदायलार्ई उद्यमी बन्न आग्ह गर्दै जोशीले उद्यमका लागि सरकार मार्फत लगानीको वाताबरण बनाउन आवश्यक भएको धारणा उनको थियो ।
उत्पिडीत जातिय मुक्ति समाजका केन्द्रिय सचिब मनोहर बि पौडेल, समता समाजका धनराज सुनार,नेकपा(एमाले)का कार्यालय सचिब शिबलाल शार्की, नेकपा माओबादी केन्द्का केन्दिंय अधिबेशन आयोजक समिति सदस्य शंकर गिरी, राप्रपाका जिल्ला सचिब इश्वर गिरी, नेकपा माओबादीका जनपरिषद प्रमुख बैगुण्ठ गिरी, संस्थाका सदस्य तथा उपसचिब उद्बीर नेपाली, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । ाष्ट्रिय दलित विकास संस्था पर्वतका अध्यक्ष भिमवहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शान्तीकुमारी नेपाली र कार्यक्रमको सञ्चालन संस्थाका सचिव जुनादेवी नेपालीले गरेका थिए । कार्यक्रममा उपस्थितहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेर वडादशैँको स्वागत गरेका थिए ।

No comments:

Post a Comment