दलित सांसदहरुले संविधानमा दलितका अधिकार सुनिश्चित हुन नसकेको गुनासो गरे

बिभेद बिरुद अभियान् , काठमाडौं, कात्तिक ४ । दलित सांसदहरुले संविधानमा दलितका अधिकार सुनिश्चित हुन नसकेको गुनासो गरेका छन् ।

राष्ट्रिय दलित आयोग र नेपाल कानुन सोसाईटी अन्तर्राष्ट्रियले बिहीबार राजधानीमा गरेको कार्यक्रममा दलित सांसदहरुले संविधानमा दलितका हक–अधिकार सुनिश्चित गर्न अझै आन्दोलन जरुरी रहेको बताए ।

सांसद मानबहादुर विश्वकर्माले जारी संविधान कार्यान्वयन गर्दै थप अधिकारका लागि गृहकार्य गर्नुपर्ने बताए ।

सांसद मिन विश्वकर्मा, कमला विश्वकर्मालगायतले संविधान कार्यान्वयनका सवालमा राज्यको स्पष्ट दृष्टिकोण हुनुपर्ने बताए ।

No comments:

Post a Comment