नवलपरासी रकुवा गाबिसका ९ जना दलितलाई सहयोग हस्तान्तरण

विभेद विरुद्ध अभियान ,नवलपरासी, असोज २०–नवलपरासी जिल्लाको पहाडी रकुवा गाबिसका ९ जना दलितलाई आज एक कार्यक्रमका साथ सहयोग हस्तान्तरण गरिएकोछ। रकुवा गाउँ विकास समितिको सहयोग र दलित विकास समितिको आयोजनामा भएको कार्यक्रम समितिका अध्यक्ष बीरबहादुर बिसीको अध्यक्षता र गाबिस सचिब लालबहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रत्येक ब्यक्ति जनहि एक थान बलाङ्केट, बेड कभर,झाडन र एक सेट कपडा समेत प्रदान गरिएको हो। न्युन आर्थिक अवस्था भएको र आम्दानिको राम्रो श्रोत नभएका परिवारलाई सो लत्ता कपडा सहयोग गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खत्रीले दलितको पक्षमा आफु सधै सकारात्मक रहेको र गाबिसबाट बिनियोजन गरिने बजेट यसरी नै उनिहरुको हितमा लगाइने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस गाउँ इकाई सभापति यामबहादुर ठाडा,बेल भञ्ज्याङ्ग माबिका प्रअ खिम बहादुर ठाडा, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुलबहादुर ठाडाले बोल्नु भएको नारायणी अन्लाईनमा खवर छ ।

No comments:

Post a Comment