श्रीमतीका रिसले आफु वस्ने अर्काको घरमा चन्द्रबहादुर परियारले आगो लगाए



विभेद बिरुद्ध अभियान , कार्तिक १, रुपन्देही। गाउँ घर सुनिने एउटा उखान जस्तै केहि दिन अघि गुल्मीका एक व्यक्तिले श्रीमतीका रिसले घरमा आगो लगाएका छन् ।ग्वाघा गाविस वडा नम्वर ७ आरुखर्कका ४२ वर्षिय चन्द्रबहादुर परियारले आफु वस्ने अर्काको घरमा आगो लगाएका हुन् ।आगो लगाएर फरार उनलाई प्रहरीले हालै हिरासतमा लिए पछि मात्र घटना ढिलो गरी वाहिर आएको हो । 


घरमा चरम गरिवी भएका कारण उनिहरु अर्कैको घर मागेर बस्दै आएका थिए । उनका छोरा वुहारी बुटवलमा बस्दै आएको र यता आफुले मात्रै काम गरेर परिवार कति दिन पाल्ने भन्दै श्रीमतीसँग रिसाएर आफु वस्ने घरमा आगो लगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए।



हाल निजलाई हिरासतमा लिई मुद्धा दायर गरिएको रावववले बताए । प्रहरी श्रोतका अनुसार श्रीमतीलाई समेत मार्ने नियतका साथ निजले आगो लगाएको तर श्रीमती भागेर बाँच्न सफल भएकी थिईन् । एकातिर गरिवी अर्को तिर जाँड रक्सीले बेहाल जिवन बनाएका परियारले अर्काको घरमा आश्रय लिएर घाती काम गर्न पुगेका छन् । उनीहरु प्रति दया राखेर बुटवलमा बस्दै आएका नरमायाँ परियारले आफ्नो घरमा बस्न दिदै आएका थिए ।



जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार परियारको घर जलेर करिव २ लाख भन्दा बढि क्षति भएको छ। यति वेला आफु प्रहरी खोरमा उता वस्ने वास जले पछि श्रीमती र छोरा छोरी विचल्लीमा परेका छन् ।

No comments:

Post a Comment