कालिका मन्दिरमा घटेको घटनामा छुवाछूत र सजाय ऐन अन्र्तगर्त मुद्दा चलाउन माग

विभेद बिरुद्ध अभियान-आश्विन १८ , २०७३ – बझाङ् जिल्लाको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय लाल बहादुर आग्रीले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जरिवान गराएको घट्नालाई लिएर विभिन्न संघसंसथाहरुले स्थलगत् निरीक्षण गरेर रिपोर्ट सार्वजनिक गरेका छन् ।
रिलु गाविस घरभएका र आग्री भक्तजनहरुका लागी प्रसाद पकाउने ठाँउ र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि स्थानियले उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएका थिए । उक्त घट्ना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न निर्देशन दिए लगत्तै समता फाउण्डेशन, जागरण मिडिया सेन्टरका प्रतिनिधिहरु सम्मिलित एक टोलीले घट्नाको प्रतिवेदन बाहिर ल्याएको हो ।

भाद्र १९ गते द्वारि गाँउको कालिका मन्दिरमा लागेको मेलामा स्थानिय लालसिंह आग्री मन्दिर पसेको भन्दै स्थानिय गैरदलितहरुले उनिमाथि सुरुमा कुटपिट गरि दाउराको चिरपटले टाउकामा हिर्काएको अध्यनका क्रममा भेटिएको छ । साथै गैरदलित गाउँलेहरुले लालसिंह आग्रीलाई थप सजाय भन्दै आफ्नी छोरी, बहिनी, भतिजीहरुलाई बोलाई गाउँलेका अगाडी अभद्र ब्यवहार गर्न लगाउने प्रयास समेत भएको अध्यन टोलीले पत्रकार सम्मेलनमा सार्बजनिक गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ ।
यसअघि घटनामा पीडित आग्रीलाई स्थानिय गैरदलितहरुले मेलामा मदिरा सेवन गरि होहल्ला गरेको भन्दै एक आना सुन र दुई हजार दण्ड जरिवाना गराएको खबर मात्रै सार्बजनिक भएको थियो । उतm मेलामा मदिरा सेवन गर्ने, देउडा खेल्ने, नाचगान गर्ने जस्ता कृयाकलाप हुने गरेको गाँउलेहरुले बताएका छन् ।
भाद्र १९ गते राती लालसिंह आग्रीले मेला अवलोकन गरिसकेपछि मन्दिरको चउरमा सुतेका र भाद्र २० गते बिहान चार बजे जाडो भएपछि अनिदो अवस्था मै आफ्नै घर सम्झेर मन्दिरको ढोकानिर सुतेका उनलाई मन्दिर भित्र सुतेका गैरदलितहरुले एक्कासी आएर ‘लौं, यो डुम मन्दिरभित्र आएछ, यसलाई ठिक पार्नुपर्छ भन्दै कुट्दै, दाउराको फर्मेटोले पीडितको कन्चटमा हिर्काएको, त्यसपछि तत्कालै स्थानीय गाउँलेहरु भेला भई ‘यसलाई मार्नु पर्छ, होइन भने दिसा खुवाउनु पर्छ र यसकी छोरी, भतिजी, बहिनी ल्याएर सारा गाँउलेका अगाडि तिनीहरुमाथि अभद्र व्यवहार गर्न लगाएर मात्र छोड्नुपर्छ भनेछन् । त्यी गैर दलितहरुमध्ये एक जना गाँउकै अर्जुन बुढाले ‘कुटपीट र गुँहुँ खुवाउने काम नगरौं, मर्यो भने फसाद हुन्छ, बरु दण्ड जरिवाना गराऔं भनेपछि पीडितमाथि अमानवीय व्यवहार गर्न छोडेछन् । तर गाँउलेले तुरुन्तै एक आना सुन र दुई हजार नगद जरिवाना गराएका रहेछन् । त्यसपछि पीडितलाई पनि ‘मैले ठूलै गल्ति गरिछु’ जस्तो लागेछ र मर्न भनी गोठमा गई आत्महत्या गर्न लाग्दा श्रीमतीले थाहा पाएर रोकेको कुरा अध्यन टोली जारि बिज्ञप्तीमा उल्लेख छ ।
जारि विज्ञप्तीमा घटनाबारे प्रहरि प्रसाशनले खासै वास्ता नराखेको र छुवाछूत जस्तो जघन्य अपराधलाई सामान्य घटनाका रुपमा लिएको बताइएको छ । साथै घटनासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुलाई सजग गराउने र पीडकहरुलाई ज्यान मार्ने उद्योग र जातीय छुवाछूत कसूर र सजाय ऐन अन्तर्गत मुद्दा चलाउन जोडदार माग गर्ने, पीडितलाई पर्न गएको शारिरिक तथा मानसिक यातनाको क्षतीपुर्ती भराउने, अति अमानवीय प्रकृतिको व्यवहार ९दिसा खुवाउन खोज्ने० आफ्नै चेलीबेटीमाथि अनैतिक व्यवहार गर्न लगाउन खोज्ने व्यक्तिहरुलाई कडा सजाय दिलाउन छुट्टै कानून निर्माण गर्न सरकारलाई सुझाव दिने र छुवाछूत ऐनको व्यापक प्रचार प्रसार गरी छुवाछूत गरे कडा सजाय हुन्छ भन्ने कुरा गैरदलितहरुमा सन्देश प्रवाह गर्ने लगायतका माग समेत उल्लेख गरिएका छ ।
घटना बाहिर आए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल घटनाको छानविन गर्न मातहतका निकायलाई निर्देशन समेत दिनु भएको थियो । पछि जिल्लाबाट प्रहरि आउने कुरा थाहा पाएपछि गाँउलेहरुले पीडितलाई जरिवाना गराएको दुई हजार मध्ये अठार सय रुपैयां फिर्ता गरिएको थियो ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । स्थगलत् रिर्पोेटिङपछि जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ, ‘बझाङ जिल्ला रिलु गा.वि.स. वडा नं. ८, रिसिण्डी गाउँको कालिका मन्दिरमा मिति २०७३।५।२० गते बिहान घटेको यो घटना ह्दयविदारक छ । घटना घटेको ठाउँमा उक्त समयमा मेला लाग्ने गरेको रहेछ ।  
घटना घटेको एकदिन अघि १९ गते साँझ स्थानिय पुरुष, महिलाहरु देउडा खेल्दै नाँच गान गर्ने, मादक पदार्थ सेवन गर्दा गर्दै कोही घर जाने, कोहीमन्दिरभित्र र कोही चौरमा सुत्ने गर्दा रहेछन् ।’ कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले अहिले पनि यस्तो अवस्था कायमै रहनु अत्यन्तै दुःखद रहेको टिप्पणी गरे । अध्यक्ष सुन्दासले भने,‘पीडितले न्याय पाउनुपर्छ, पीडक कुनै हालतमा उम्किनुहुँदैन् ।’ 
त्यस्तै उनले जिम्मेवार निकायले यस्ता घटनाको गहिराईमा प्रवेश नै नगरी, वास्तविक पीडितलाई भेट्दै नभेटी, अन्य तेस्रो पक्ष अर्थात् पीडकहरुकै मात्र कुरा सुनी पीडितलाई नै दोष देखाई घटनाप्रति वेवास्ता गर्नुले न्याय याचिकाहरुमा राज्यप्रति कसरी भरोसा गर्ने भन्ने अर्को प्रश्न उब्जिएको बताए । उनले अघि थपे,‘भोलि यस्तै घटना दोहरिरहने हो भने पीडितहरुमा हिंसात्मक भावना नआउला भन्न सकिन्न, त्यतिखेर को जिम्मेवार हुने विचारणीय प्रश्न छ । यसैले हामी यो घटना सार्वजनिक गर्न बाध्य भएका हौं ।’
त्यस्तै कार्यक्रममा अधिवक्ता मोहन साशंकारले पीडकलाई जुनसुकै हालतमा कारवाही हुनुपर्ने माग गरे । उनले भने,‘कानूनी राज्यको उपहास कसैले गर्ने काम नगरौं, कानुन प्रभावकारी रुपमा लागु हुनुपर्छ ।’ उनले हाल उक्त मुद्दा बझाङ् जिल्ला अदालतमा दर्ता भैसकेको समेत जनाए । घट्नाको अनुगमन टोलीका सदस्यहरुले अघि सारेको विज्ञप्तीमार्फत ४ बुँदे ध्यानाकार्षण गराएको छ ।
पीडित लालसिंह आग्री आफुलाई कन्चटमा हानेको चोट देखाउदै 
उनीहरुले अघि सारेका मागमा घटनासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुलाई सजग गराउने र पीडकहरुलाई ज्यान मार्ने उद्योग र जातीय छुवाछूत कसूर र सजाय ऐन अन्तर्गत मुद्दा चलाउन जोडदार माग गर्ने, पीडितलाई पर्न गएको शारिरिक तथा मानसिक यातनाको क्षतीपुर्ती भराउने, अति अमानवीय प्रकृतिको व्यवहार (दिसा खुवाउन खोज्ने) आफ्नै चेलीबेटीमाथि अनैतिक व्यवहार गर्न लगाउन खोज्ने व्यक्तिहरुलाई कडा सजाय दिलाउन छुट्टै कानून निर्माण गर्न सरकारलाई सुझाव दिने र छुवाछूत ऐनको व्यापक प्रचार प्रसार गरी छुवाछूत गरे कडा सजाय हुन्छ भन्ने कुरा गैरदलितहरुमा सन्देश प्रवाह गर्ने लगायत छन् ।
पीडितद्धारा उजुरि दर्ता
मन्दिर गएको निहुँमा आफुमाथि कुटपिट र अमानविय ब्यवहार गरिएको भन्दै घटनाका पीडित लालसिंह आग्रीले जिल्ला प्रहरि कार्यालय बझाङमा उजुरि दर्ता गराएका छन् ।
घटनाबारे सत्य तथ्य बुझन अनुगमन टोली गाउँका पुगेपछि आफुमाथि साँच्चिकै अन्याय भएको रहेछ भन्दै पीडित आग्रीले यहि असोज ७ गते जिल्ला प्रहरि कार्यालय बझाङमा उजुरि दर्ता गराएका हुन ।
सुरुमा स्थानिय गाउँलेहरु लगाएत प्रहरि प्रशासनलाई समेत सामान्य लागेको यो घटनाबारे बुझ्न केन्द्रबाट अनुगमन टोली घटनास्थल पुगेपछि स्थानिय प्रहरि प्रशासनले थप घटनाबारे अध्यन गर्न एक टोली गठन गरि सत्यतथ्य बुझेको प्रहरिले बताएको छ ।
पीडितबाट छुवाछूतबारेको मुद्दा गर्दा भएकाले आवश्यक अनुसन्धान गरि कारवाही प्रकृया अगाडी बढाइने जिल्ला प्रहरि कार्यालय बझाङको मुद्दा फाँटले जानकारी दिएको जागरण मिडियामा खबर छ ।

No comments:

Post a Comment