उत्पीडित दलित समुदायको संजाल र संयुक्त राजनैतिक दलित संघर्ष समितिद्वारा प्रेस विज्ञप्ती जारि

विभेद बिरुद्ध अभियान , असोज २० -  अन्तरजातीय विवाहका जोडी विरुद्ध अभिभावकहरु लागेको घटना सार्वजनिक भए पछि उत्पीडित दलित समुदायको संजाल, बागलुङ र संयुक्त राजनैतिक दलित संघर्ष समिति, बागलुङ ले  सयुक्त प्रेस विज्ञप्ती निकालेको छ ।
 जारि गरिएको प्रेस विज्ञप्ती अनुसार नेपालमा एक्काईसौं सताब्दीसम्म पनि छुवाछुतको विभेद कायमै रहनु भनेको लज्जास्पद र दुर्भाग्यपुर्ण कार्य हो । नेपालका सवै कानूनले जातिय रुपमा हुने छुवाछुतलाई दण्डनिय मानेको छ साथै नेपालको संविधानले मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको छ । तर समाजमा यो वा त्यो ढँगले अझै पनि छुवाछुत, हिसाँ, अपमान र तिरस्कारलाई संरचनतागत रुपमा कायम राख्नु भनेको विडम्वना हो । कानून र राज्यले अपराध स्विकार गरिसकेको कार्यलाई पनि समाजमा विभिन्न आवरणमा संरक्षण गरिनुले छुवाछुतलाई कागजमा मात्रै अन्त्य गरिएको स्पष्ट छ । यसै परिपेक्ष्यमा बागलुङ जिल्ला कुृश्मिसेरा गा.वि.स. वार्ड नंं ५ निवासी बविन परियार सुनाम (जन्म मिती २०५७। ४।७ गते) र सोही ठाँउ वडा नं. ६ बस्ने हेमन्ती थापा (जन्ममितीः २०५७।९।3 गते )दुवै जना श्री शान्ति उच्च मा.वि. कुश्मिसेरामा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । विगत दुई बर्ष देखि प्रेममा रहेका यी दुवै जना प्रेमीहरु अविभावकको मन्जुरी विना मिति २०७३।५।२८ गते घर छाडी भागे पश्चात केटाकेटीको अविभावकले खोजी गर्ने क्रममा बुटबलमा फेला पारी आफन्तको सहयोगमा मिति २०७३।६।७ गते बागलुङ जिल्ला प्रहरी कार्यलययमा ल्याई दुवै पक्षका अविभावकलाई राखी छलफल गर्दा केटीले आफ्नो परिबारले प्रेमको बारेमा थाहा पाई अर्को केटासँग विवाह गर्न लागेकाले खुसीले प्रेम विवाह गरेको बताउदाँ दुवै जनाको उमेरका कारण हाललाई आ आफ्नो अविभावक जिम्मा लगाई छाडिएको हो ।

 आविभावकको जिम्मा लगाई छाडेको यी जोडी जिल्ला प्रहरी कार्यलय बागलुङको गेटबाटै पुन ः भागेकाले परिवारको सहयोगमा पुन खोजी गरी मिति २०७३।६।८ गते जिल्ला प्रहरी कार्यलय बागलुङमा ल्याई महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधी, पत्रकार लगायतको रोहबरमा केटाकेटीको आमाबाबु समेत बसी छलफल गर्दा दुवै जनाको विवाह गर्ने उमेर नभएकाले हाललाई आ आफ्नो अविभावक जिम्मा लाने सहमति गरी केटाकेटीलाई बुझाईएको सत्य हो । यसरी बावु आमाको मन्जुरी बेगर भागेका केटाकेटीलाई केटा पक्षका आफन्त र अविभावकले खोजी गरी जिल्ला प्रहरी कार्यलयमा उपस्थित गराई दुवैको अविभावकलाई जिम्मा लगाए पश्चात हाल आई घट्नालाई अतिरञ्जित गरी, झुट्टा र फरेव बनाई, जातिय रुपमा हिसाँ र अपमान गर्ने उद्देश्यले झुट्टा मुद्दा श्रृजना गरी जिल्ला प्रहरी कार्यलय बागलुङमा पेश गरिएको भन्ने विषय प्रति उत्पीडित दलित समुदायको सँजाल र संयुक्त राजीतिक दलित संघर्ष समितीको गंभिर ध्यानाकर्षण भएको छ । 

मन्जरीले प्रेम विवाह गरेका केटाकेटीलाई जातिय रुपमा छुटाउने उद्देश्यले उमेरको कारण देखाएका कारण हामी विवाह गर्ने उमेर नपुगेकाले छुटाउन सहमती भई अविभावकलाई जिम्मा लगाई सके पश्चात केटालाई समेत फकाई उनीहरुले कब्जामा लिई लगी केटा  केटीलाई नजरबन्दमा राखेको विषयको गंभिर आपत्ति प्रकट गर्दे जातिय आधारमा भेदभाव, हिसाँ गरी प्रेम विवाह गरी भागेका केटाकेटीलाई सरोकारवाला निकायमा ल्याई जिम्मा लगाए पश्चात पुनः केटालाई समेत अपहरण गरी अज्ञात बनाएकाले यस्ता कार्य गर्ने दोषीलाई कानूनी कठघरामा ल्याउनका लागि माग गर्दछौं । साथै प्रस्तुत मुद्दालाई बास्तविकता भन्दा फरक पारी, झुट्टा र फरेव बनाई सत्यलाई लुकाई केही अनलाईन र विद्युतिय संचार माध्यमबाट प्रकासित गरेको विषयप्रति आपत्ति प्रकट गर्दै सत्य तथ्य छानविन गर्न, केटी पक्षबाट कब्जा गरिएका बविन परियार सुनामको अवस्था सार्वजनिक गर्न समेत जोड्दार रुपमा अपील गर्दछौ साथै यस्ता झुट्टा मद्दा अगाडी बढाएमा र कब्जामा राखिएका बविन परियार सोनामालाई तत्काल सकुसल रिहाई नगरी भेदभावजनक कार्य अगाडी बढाएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्वन्धित पक्षले लिनु पर्नेछ अन्यथा यस्ता घट्नाहरुको शसक्त प्रतिबाद, प्रतिकार गर्न वा जस्तोसुकै मुल्य चुकाउन परे पनि चुकाउन पनि पछि नपर्ने चुनौति दिन चाहान्छौ । साथै जातिय रुपमा अपमान र तिरस्कार गर्नेलाई कानून बमोजिम कारवाही गराउन अपहरित बविन परियार सुनामाको स्थिती सार्बजनिक गर्ने बाताबरण मिलाई दिनु हुन सम्पुर्ण मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, आन्दोलन कर्मी, राजनीतिक दल, नागरिक समाज, पत्रकार एवं सम्पुर्ण बुद्विजिवीहरुलाई हार्दिक अपील गर्दछौं । 

No comments:

Post a Comment