नया संविधानमा दलित अधिकारको अवस्थाबारे छलफल


कार्तिक ६ - विभेद बिरुद अभियान - स्याङ्जाको विर्घामा नया संविधानमा दलित अधिकारको अवस्था, छलफल तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।समानताका लागि हाम्रो प्रयास (ओफेक) को आयोजना तथा युथ एडभोकेसी नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।ओफेकका अध्यक्ष देवेन्द्र कुमार रसाइलीको सभापतित्वमा भएको कार्यक्रममा दलित मूक्ति मोर्चाका केन्द्रीय कार्यालय सदस्य पदम विश्वकर्माको प्रमुख अतिथि रहेका थिए ।

स्याङजाको विर्घा, आलमदेवी तथा चण्डीभञ्ज्याङ लगायतका दलित तथा गैर दलितको उपस्थिति रहेको कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानमा अझै पनि दलितहरुको हक र अधिकार स्पष्ट नभएको कुरा बताएका थिए ।
कार्यक्रममा स्थानीय शिक्षक दिपक विश्वकर्माले संविधानका प्रस्तावना तथा मौलिक हक तथा अन्य भागमा दलित अधिकारको बारेमा स्पष्टता नभएकोमा गुनासो गरे । उनले संविधान देशको मूल कानुन भएपनि दलितमाथि हुने विभेद अन्त्य गर्ने प्रावधान संविधानले सुनिश्चत गर्न नसकेको बताए ।
समारोहमा भवानी उच्च माविका शिक्षक दिपक प्रकाश घिलेले विश्व समुदाय विज्ञान तथा प्रविधिको क्षेत्रमा फराकिलो फट्को मारिसकेको अवस्थामा नेपालमा अझै पनि जातीय र वर्र्गीय विभेद कायम हुनु विडम्बना भएको बताए । उनले दलित समुदायले आफ्नो नाममा लेखिने थरमा गैर दलित समुदायको आपत्ति हुनु तथा जातिय विभेद पुस्तान्तरण हुनु अझै असह्य पीडा भएको धारणा राखे ।
प्रमुख अतिथि विश्वकर्माले समग्र दलित एक भई वर्र्गीय तथा जातीय विभेदको विरुद्धमा आवाज उठाउनुपर्ने बताए ।उनले अन्तरदलितबीचको विभेदलाई चिर्दै आपसी मेल तथा समानताले दलित मूक्ति आन्दोलन सफल हुने विचार व्यक्त गरे ।विश्वकर्माले दलितहरुलाई फोहोरी तथा मदिरापान गर्ने जातको रुपमा हेर्ने मानसिकता गैर दलितको नीच सोच भएको बताए । ‘दलित’ शब्दलाई आफ्नो पहिचानको माध्यम बनाएर आत्मसम्मान बोध गर्नुपर्नेमा विश्वकर्माले जोड दिए ।
कार्यक्रममा पश्चिम स्याङजाको दलित समुदायबाट लोक सेवा आयोग, शिक्षक सेवा उत्तीर्ण तथा विशिष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्मानित हुनेहरुमा नेपाल सरकारका कर अधिकृत यशोदा घिमिरे, श्री भवानी उच्च माविका अङ्ग्रेजी विषय शिक्षक दिपक प्रकाश घिले, डा. मोहन विश्वकर्मा, नेपाल प्रहरी जवान झविन्द्र परियार, शिक्षक तथा समाजसेवी भिम विश्वकर्मा , शिक्षक गिर बहादुर विश्वकर्मा रहेका छन् ।

No comments:

Post a Comment