विभेद बिरुद्ध अभियान - २१ असोज - बजारमा फेरी हल्ला चल्न थालेको छ । जातिय बिभेद र छुवाछुतको घटनाले फेरी बजारको माहौल र गल्लीहरु, स्थानिय, राष्ट्रिय, पत्रपत्रिकाहरु, फेसबुक, टिविटर जस्ता सामाजिक सञ्जालहरु, रेडीयो, एफ.एम. र टेलिभिजनका पर्दाहरु तात्तिएका छन तर मात्र समाचारको रुपमा, सम्भावनाका रुपमा, बिकृतिका रुपमा । कसैले पनि यो किन भईरहेको छ । यसलाई निमुल पार्न के गर्न सकिन्छ भनेर यहाँ कसैले यसलाई अस्त्र, शस्त्रको रुपमा अङ्गालेको पाईदैन । जातिय बिभेदका यस्तै नकारात्मक घटनाहरुलाई माध्यम बनाएर केहि समय अगाडि मैले आपना लेख लेखेको थिए । त्यस्तै, प्रायः धेरै स्थानमा मैले यो जातिय बिभेदको घटनालाई लिएर सम्बाद पनि गरेको छु र मैले एकदम छोटो र सरल उत्तर पाउने गरेको छु । किन आत्तिएको रु. बिस्तारै भई हाल्छ नि ।
मैले अहिले सम्म प्रत्यक्ष रुपमा जातिय बिभेदको शिकार हुनु परेको छैन । तर, जातिय बिभेद जस्ता अपराधिक गतिबिधिले ब्यक्तिले ज्यान गुमाउनु, आफनो अस्तित्व गुमाउनु परेको खबर सुन्दा पक्कै अप्रत्यक्षरुपमा त्यस्ता गतिबिधिले मलाई कहि न कहि प्रभाव पारेको छ । अनि म एकोहोरिएर सोच्न बाध्य बन्छु । आखिर कहिले हो त्यो बिस्तारै भनेको रु. नेताको भाषणमा सुन्यो, कुनै शिक्षको उपदेशमा सुन्यो अथवा कतै भईरहेको छलफललाई सुन्यो । जहाँ पनि बिस्तारै परिवर्तन हुन्छ भनेको सुन्छु । तर, खै यो बिस्तारै भन्ने समय अहिले सम्म आएको छैन । आज बिश्वले कोल्टे फेरेको अवस्था छ । संसार २१औं शताब्दीमा अगाडी बढीरहेको छ तर हाम्रो देशमा अझै पनि जातिय बिभेदका घटनाहरु दिनहु घटिरहेका छन । यसबाट पिडित जातिहरु अझै पनि सम्भावनाका किरणहरु खोज्दै हिडिरहेका छन भने यसलाई निर्णयमा पु¥याउने पक्षहरु र आधारहरु बिस्तारैको प्रतिक्षामा कुरेर बसिरहेका छन ।
आखिर यो बिस्तारै आउछ कहिले ?
राज्यले नयाँ संविधान पाएको छ तर यो संबिधानमा पनि दलितको मर्ममा मल्हम लगाउन सकेको छैन । राज्यले दलितलाई छुटै परिभाषित गरेको पाईन्छ । जातिय बिभेदमा पर्र्ने समुदायलाई यो बनेको नयाँ संबिधानले पुःन दलित भनेर फरक धारमा पु¥याएको छ । जसलाई बनाउने बेलामा कुनै पनि बिद्धानहरुले यसको पुनःसंरचनामा ध्यान केन्द्रित हुन सकेको छैन।अहिले आरक्षणको बिरुद्धमा आवाज उठिरहेका छन । आरक्षणलाई ठट्टा गर्ने माध्यम बनार्ईएको छ । अस्ति भर्खर फेसबुकमा एउटा स्टाटस पढेको थिए । बिश्वकर्मा पुजाको सन्दर्भमा थियो त्यो । लेखिएको थियो, आजको दिनमा जन्म हुने सबैको नाम बिश्वकर्मा राखिदियौ भने त जागिर त फ्याट्टै भनेर । अनि म पनि एकछिन सोच्न बाध्य भए आखिर यो आरक्षणको बिषयलाई किन यसरी नकारात्मक प्रचार गरिरहेको छ भनेर ।
वास्तवमा, यतिको लेख्न सक्ने ब्यक्तिलाई अशिक्षित भन्दैनौं र अहिले समाज शिक्षाको क्षेत्रमा निकै सकारात्मक फढको मारिरहेको अवस्था छ । तर, यदि यो बर्तमान शैक्षिकिकरणले समाजमा बिद्धानहरु, समाज परिवर्तनका बाहकहरुको साटो शिक्षित मुर्खहरुको उत्पादन गर्न थाल्यो भने कसरी यो समाजले बिकासको सम्भावना खोज्ने । परिवर्तनको आशा राख्ने । समाजमा दिन दिनै अहिले पनि जातिय बिभेद र छुवाछुतको घटनाहरु घटिरहेका छन । कहिले अन्तरजातिय बिवाहको, कहिले मन्दिर छोएको निहुँमा, । आखिर कहिले सम्म यस्ता घटनाहरु आखिर श्रृजित भईरहेका छन । कहाँ छन, आज ति श्रद्धेय आवाजहरु, साविक देखिका जनचेतनाहरु, यस बिरुद्धका चरणहरु । आज, ति सबै प्रयासहरु नेपथ्यमा गुन्जीरहने एउटा आवाज मात्र भएर रहेको छ ।
त्यसैले, आज समाजलाई शिक्षित परिवर्तनकारीको आवश्यकता छ । झन भन्नुपर्दा, यो जातिय बिभेद जस्ता अपराधिक कृयाकलापलाई निर्मुल पार्न शिक्षाको आवश्यकता छ बिभेदमा परेका जातिहरुले पनि आफनो शैक्षिक स्तरलाई उकास्दै अघि लैजाउनु पर्दछ । जस्ले गर्दा समाजमा भईरहेको जातिय बिभेदका अपराधिक घटनालाई सबैले बुझ्न सकिन्छ र यसको बिरुद्धमा आफना आवाजहरु उठाउन सकिन्छ ।
त्यसैले, बिस्तारै हुन्छ भन्ने भावनालाई उन्मुलन गर्न तिर सबै लागौं । बिस्तारै बिस्तारै भनेर आज २१औं शताब्दी पनि जातिय बिभेदको अवस्था भोग्नु परेको छ । अनि,कसरी हुन्छ सबैले आ आफनो तर्फबाट जातिय बिभेदको बिरुद्धमा आवाज उठाँऔं ।
राम कुमार परियार(बिराटनगर–११, मोरङ्ग) Biratnagar-11,Morang
No comments:
Post a Comment