नवनियुक्त राजदूतमा पदम सुन्दासलाई बहराइनमा स्वागत

विभेद बिरुद्ध अभियान - बहराइन, साउन १९- बहराइनका लागि नवनियुक्त नेपाली राजदुत पदम सुन्दासलाई दुताबासका पदाधिकारीहरु सहित बहराइनबासी नेपालीहरुले स्वागत गरेका छन् | नवनियुक्त राजदुत सुन्दास ओमन एयरलाइन्स हुदै धर्मपत्नीका साथ आज राती बहराइन पुगेका हुन |
भोजपुरमा विस २००२ सालमा जन्मिएका पदम सुन्दास दलित आन्दोलनको अगुवाको रुपमा चिनिन्छन् । ओभरसियज र साइट इन्जिनियरिङ भइ सुन्दासले सरकारी सेवामा १५ वर्ष सेवा गरेर २०३६ सालमा अवकास प्राप्त गरेका हुन् । २०२९ सालबाट नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजका संस्थापक र नेपाल दलित जन विकास परिषद्मा निकै सक्रिय भूमिका निर्वाह गरेका सुन्दास दलित मुक्ति आन्दोलनमा निकै प्रखर व्यक्तिको रुपमा चिनिन्छन् ।
२०६२/६३ सालको जनआन्दोलनमा दलित आन्दोलनको तर्फबाट सक्रिय भूमिका खेलेका सुन्दास माओवादी नेता हुन ।दलित समुदायको हक अधिकार सुनिचिश्ति गर्न पछिल्लो समय नेपालको दलित मुद्दालाई अगाडि बढाउन र अध्ययन अनुसन्धान गर्ने उदेश्यले सुन्दासले दलित समुदायका पक्षमा दर्जनौ पुस्तक र लेख रचना प्रकाशित गरेका छन् । स्वागतका क्रममा राजदुत सुन्दासले नेपाल र नेपालीका काम गर्ने बताएको बहराइनबाट कुमार नेपालीले बताए ।

No comments:

Post a Comment