बाजुराको हलिया दलित बस्ती पहिलाको जोखिममा, सहयोग गर्न आग्रह

विभेद बिरुद्ध अभियान - गगन अयडीबाजुरा , २ भदौ  -  बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडिमालिका नगरपालिका–९ उखाडीका हलिया दलित बस्ती पहिरोको जोखिममा परेको छ ।दलित बस्तीको बिचल्लीका बारेमा नयॉ पत्रिका दैनिकमा प्रकाशित समाचारपछि सत्य साईराम सेवा संगठन, नेपाल भजन समूह बाजुराले उक्तबस्ती का लागि राहत सामाग्री वितरण गरेको छ । संगठनका अध्यक्ष मनबहादुर रोकाया आफै काठमाडौंमा राहत संकलन गरी राहत वितरण  गरेका हुन ।  अविरल वर्षासँगै बस्तीमाथिबाट पहिरो तल बाढीले कटान गर्न थालेपछि उक्त बस्तीका दलित हलियाहरु पीडामा परेका हुन् । यो समस्या अहिलेको वर्षातमा मात्र होईन ।सधैका वर्ष वर्षातका सिजनमा उनीहरु राम्ररी घरभित्र बस्न पाउदैनन् । उनीहरु पानी पर्नासाथ रातभर जागराम बस्ने गरेको दलित बस्तीका स्थानीयले उक्त बस्तीमा नौं परिवार छन् ।तीन पुस्तादेखि हलिया काम गर्दै आएका यो बस्तीका हलियाहरुको अहिलेसम्म आफ्नो घर बाहेक अन्य जमिन केही छैन् । नौं वटै परिवार पूस्तौदेखि हलिया काम गर्दै आएपनि उनीहरुको अहिले सम्म प्रमाणिकरण भएको छैन् ।

जिल्लाको सदरमुकाम मार्तडीसगै रहेको बस्ती वर्षायाम सुरु हुनेवित्तिकै सदरमुकाम मार्तडीको उज्यालो हेरेर रात काट्छन् । साहुकोमा काम गरेपछि उनीहरुलाई वर्षको दुईपटक पाकेको अन्न दिने गरिन्छ । नौं  परिवारमध्ये एक जना अभिभावक पारिवारिक गुजरा चलाउनका लागि विदेशमा छन् ।

केही पढेलेखेका युवा रोजगारी नहुँदा भारततिर पलाएन भएका छन् । धेरैजसो महिलाहरु खोलाको गिट्टी कुटेर पेटको गुजारा चालाएको बताउँछन ।पुस्तौ पुस्तादेखि साहुको हलिया बस्दै आएका यस बस्तीका हलियाहरु अहिले खाना भन्दापनि बस्ने बासको व्यवस्था मिलाउन समस्या भएको बताउँछन् । नया पत्रिकामा खबर छ  

No comments:

Post a Comment