पर्साको दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण

विभेद बिरुद्ध अभियान -  २९  साउन,महुवन, पर्सा - डेक्स बेन्च सहयोग हस्तांतरण कार्यक्रम सम्पन जिल्ला पर्सा गाविस महुवन ( साविक ) वर्डा -७ मा स्थापित श्री दलित प्राथमिक बिधालय मा बिगत १०  बर्ष देखी यस विद्यालय का दलित बिधार्थी हरू भूईमा बोरा बिछाई पढ़ाई गर्न बाध्य थिए । यस विद्यालय मा रहेको दलित विधार्थी हरू को शैक्षिक समस्या धेरै रहे ता पनि यस विद्यालय लाई डेक्स बेन्च को आवश्यकता रहेको थियो । यस श्री दलित प्राथमिक बिधालय का विधार्थी हरूको को भूईको बसाई देखेर लाज र दुःख लागेर पर्सा जिल्ला गाविस महुवन को दलित अभियंता मनोज राम ज्यूले यस विद्यालय को अवस्था बारे समाजिक संजाल फेसबुक मा अपडेट गरेका थिए ।
यस फेसबुक अपडेट हेरेर धेरै समाजिक अभियंता हरू आ-आफ्नो फेसबुक मा अपडेट गरेका थिए ।जसमा म्यागदि जिल्ला हाल मलेशिया रहेका दलित अभियंता आशिष परियार -झिल्के ज्यू डेक्स बेन्च निर्माण को लागी आर्थिक सहयोग को अभियान फेसबुक मार्फत सुरू गर्नु भयो। यस अभियान मा जिल्ला नुवाकोट हाल कुबेत बस्ने श्री रोजन भुसाल , नेपाल बाट सरू सुनार , नेपाल बाट दधिराम परियार, नेपाल बाट कमला हेमचुरी, जापान बाट छक्कू उदासी , रमा मादेन लिम्बू ज्यूहरूको विशेष सहयोग बाट जम्मा ५४  सेट डेक्स बेन्च निर्माण को लागी आर्थिक सहयोग जुटाउने कार्य गर्नु भएको छ ।यी सबै दलित अभियंता को सक्रिय सहयोग बाट देश विदेश का सहयोगी मनका धनि हरू को आर्थिक सहयोग बाट डेक्स बेन्च निर्माण गरि दलित प्राथमिक बिधालय लाई हस्तांतरण गरिएको छ । दलित अभियंता हरू को विशेष सहयोग बाट जम्मा ५४  सेट डेक्स बेन्च सहयोग हस्तांतरण गरिएको छ ।
यस कार्यक्रम दलित प्राथमिक बिधालय महुवन पर्सा को विद्यालय व्यवस्थापन समिति को अध्यक्ष श्री गणेश महरा को अध्यक्षतामा कार्यक्रम सम्पन भएको छ । जसमा विशेष अतिथि श्री दधिराम परियार, विशेष अतिथि सरू सुनार, विशेष अतिथि प्रदिप जैसवाल ( मा- वि महुवन विद्यालय व्यवस्थापन समिति अध्यक्ष ), अतिथि दलित प्राथमिक बिधालय महुवन को पूर्व अध्यक्ष रामबालक राम , अतिथि हरू इनरदेव राम ,सुरेन्द्र पासवान आ-आफ्नो धन्यवाद र शुभकामना व्यक्त गरेका छन। डेक्स बेन्च हस्तांतरण कार्यक्रम मा श्री दलित प्राथमिक बिधालय महुवन पर्सा को प्रअ जदू साह तेली सर ले सहयोगी मनका धनि, विशेष सहयोगी हरू लाई धन्यवाद र स्वागत गर्नु भएको छ ।
यस डेक्स बेन्च हस्तांतरण कार्यक्रम मा डेक्स बेन्च सहयोग अभियान का विशेष सहयोगी हरू मनोज राम , आशिष परियार -झिल्के , रोजन भुसाल , सरू सुनार , दधिराम परियार, कमला हेमचुरी , छक्कू उदासी, रमा मादेन लिम्बू र प्रदिप जैसवाल लाई विद्यालय को तर्फ बाट विशेष सम्मान पत्र प्रदान गरिएको छ। यस कार्यक्रम मा यस विद्यालय का दलित बिधार्थी हरू लाई कापी कलम र खेल कुद पनि वितरण गरिएको छ यस डेक्स बेन्च हस्तांतरण कार्यक्रम को सञ्चालन दलित अभियंता मनोज राम ज्यले गर्नु भएको छ ।

No comments:

Post a Comment