लहान नगरपालिका वडा नं. १ र २ का बाढी पिडित ४० दलित परिवारलाई राहत वितरण

विभेद बिरुद्ध अभियान - साउन ३१  - सिरहा - तिन दिनदेखि लगातारको वर्षाका कारण पूर्वि तथा मध्य तराई संगै सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १ र २ का मुसहर दलित बस्तिमा बाढीको पसेर ४० घरमा क्षति पर्याएको छ । उक्त सबै परिवारलाई आज ओरेक नेपाल सिरहाको समन्वयमा मानवअधिकार संरक्षण केन्द्र, महिला मानवअधिकार रक्षक संजाल सिरहासंगको सहकार्यमा बाढी प्रभावित महिला तथा बालबालिकाहरुका लागि राहत सामाग्री वितरण गरिएको छ ।
चाउचाउ, विस्कुट, दालमोट , चिउरा र सेनेटरी प्याड सहितको सामाग्री आज दिउसो वितरण गरिएको छ । अधिकाश घर वर्षातका कारण ढलेको अवस्था रहेको र नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको त्रिपालमा उनिहरु रात विताइरहेका छन् । त्यसैगरि लाइन्स कल्व अफ लहान सिटीले समेत च्युरा, भुजा, दालमोट, प्याज र त्रिपाल वितरण गरेका छन् 
उक्त दुवै वडामा करिब ७० घरमा बाढी र वर्षाले क्षति पुर्याएको छ । त्यसमध्ये करिव १५ जना महिला सुत्केरी र गर्भवति रहका छन् भने ६० जना बालबालिका रहेका छन् । सबैलाई सफा पानी र खाद्दान्नको अभाव रहेको छ ।

No comments:

Post a Comment