विभेद बिरुद्ध अभियान -राजविराज, भदौ २ गते । बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो ।
बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोशी नदीमा शव बगाएका थिए ।पैसा नभएर मर्कामा परेका रामको परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताउनुभयो । साथै पीडित परिवारलाई उहाँले दाल, चामल, नून, तेललगायतका खाद्यान्न सहयोग गर्नुभयो ।
No comments:
Post a Comment