कोशीमा बगाइएका बालक कमलुका बुवा भन्छन्, ‘काजक्रिया गर्ने पैसा समेत छैन्’

विभेद बिरुद्ध अभियान - साउन ३१ - लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् ।छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन । त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने ।
मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो । यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ । उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन् ।
थप सम्बन्धि लेख
सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन्। छोराको काजक्रियाका लागि मंगलबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए। ‘मसँग एक रुपैयाँ पनि थिएन। त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने।मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो। यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन। यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ। उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन्।
‘एक हप्ता अघि काम गर्न म धरान जाँदा छोरो राम्रो थियो, बाढीले खाइदियो,’ उनले भक्कानिदै भने, ‘अब काजक्रियाका लागि पैसा समेत छैन।’ कमलुको मृत्यु भएदेखि उनकी आमा विमली अर्धबहोस छन्।श्रीमान्सँगै पुग्दा उनले बाढीले बर्बाद गरेको आफ्नो घरतिर हेर्न सकिनन्। सदाको घर वरिपरि पानी कम भए पनि अझै केही दिन घरमा बस्न सक्ने अवस्थामा छैन। घरमा बस्न नमिल्ने भएकैले उनीहरु पालमा काजक्रिया गर्ने तयारीमा लागेका हुन्।
विरामी परेका कमलुलाई उपचारका लागि सीमा पारी भारत कुनौली बजार पुर्‍याइएको थियो। ‘कुनौली लैजादा मसँग छाता थिएन, पानीमा भिज्दै लगेका थियौं,’ बिमलीले भनिन्।अस्पतालमा आमाको काखमै कमलुको मृत्यु भएको थियो। त्यही दिन फुदनका भाइले कोशीमा बगाएर सदगद गरेका थिए। ‘बच्चालाई सद्गद् गर्ने ठाउँ थिएन, अनि देवरले कोशी नदीमा बगाइदिनु भयो,’ आमाले भनिन् आफ्नो छोराको अन्तिम अवस्थाबारे बताइन्।
कमलुको शव कोशीमा बगाउने उनका काका शंकर सदा यसबारे बोल्न सक्दैनन्। ‘मेरो छातीसम्म गहिरो ठाउँमा गएर सद्गद् गरें, म यसबारे बोल्न सक्दिनँ,’ उनले बोली रोके।अर्का छिमेकी राजकुमार सदाले मृतकलाई नदीमा बगाउने परम्परा नभएको बताए। ‘एकदम अप्ठ्यारो अवस्थामा कमलुलाई नदीमा बगाएर विर्सजन गर्नु परेको हो। यसले हामीलाई ठूलो चोट पुर्‍याएको छ,’ उनले भने।
कोइलाडीको मुसहर वस्तीमा अहिले पानी घटेको छ। तर, मंगलबारसम्म यो वस्ती अझै जलमग्न छ। यहाँका बासिन्दाहरु हुमाननगर कुलौनी सडकको दुबैतिर आश्रय लिएर बसेका छन्।कान्तिपुर टिम फुदनको घरमा पुग्दा आफन्तहरुले सान्त्वना दिइरहेका थिए। उनका आफन्त नै बाढीबाट पीडित भएकाले थप राहत दिनसक्ने अवस्थामा छैनन्। सप्तरीमा मुसहर आर्थिकलगायत सबै हिसाबले पछि परेका समुदाय हुन्।बाढीका कारण मृत्यु भए पनि कमलुको परिवारलाई सरकारले बाढीमा मृत्यु भएर राहत पाउनेको सुचीमा नराखेको  कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment