दैलेख जगनाथका पदमे दमाई मलेसियाको सडकमा मृत फेला परे


विभेद बिरुद्ध अभियान - मलेसिया, साउन ३१   । रोजगारीकाे सिलसिलामा लागी केही समय पहिला मलेसिया गएका एक जना नेपाली सडकमा मृत फेला परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका–४ जगनाथका घर भएका ३६ वर्षीय पदमे दमाई जोहोरबारको कुलाङ्गमा ५ दिन अघि मृत फेला परेका किशोर मल्लले जानकारी जानकारी दिए।


पाकेटमा नेपाली नागरिकता फेला परेपछि मृतक पदमे दमाईको परिचय खुलेको हो । ६ वर्ष अघि मलेसिया पुगेका पदमे दमाई भिसाकाे म्याद सकिएपछि पनि अवैधानिक रुपमा काम गर्दै अाएका थिय। काम गर्दा बेला भन्दा बाहिर अर्थात ‘रन आउट’मा भएकोले मृतकको सव नेपाल पठाउन कठिन भएको मल्लले बताए ।

उनले मलेसियास्थित नेपाली राजदूताबासले सहयोगी भूमिका नदेखाएको जनाउँदै नेपालमा परराष्ट्र मन्त्रालय मार्फत पहल गरे मात्र लास नेपाल पठाउन सजिलो हुने भीमबहादुर थापाले जानकारी बताए । तीन वर्ष अघि घरमा दुई छोरा र दुई छोरी छोडेर श्रीमति अन्यत्रै विवाह गरेको खवर पाएपछि पदमे दमाई भिसा सकिएपछि पनि मलेसियामै बस्तै आएका थिए। 

No comments:

Post a Comment