कोरियामा कार्यरत नेपालीहरु माझ जितेन्द्र सुनार आफ्नो जिबनको भिख माग्दै

विभेद बिरुद्ध अभियान- भदौं १ः कोरियामा कार्यरत नेपाली हरुमाझ बाग्लुङ नगरपालिका १४ का २६ बर्षीय मृगौला पीडित जितेन्द्र सुनार ले आफ्नो जिबनको भिख माग्दै सहयोगको लागि हार्दिक अपिल गरेका छन् ।
सामान्य गरिब र दलित परिवारका सुनारको दुबै मिर्गौला ले काम गर्न छोडे पस्चात बिगत लामो समय देखि वीर अस्पतालमा उपचार गराउदै आइरहेका छन् ।उपचार क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिएकोले प्रबाशमा रहेका नेपाली हरुलाइ गुहार्न पुगेको उनको पिता धन बहादुर सुनारले रुदै आफ्नो पीडा बताए ।
घरमा सामान्य खेती किसानी र ऐचो-पैचो गरेर दैनिकी चलाउने जितेन्द्रका बुबा धन बहादुरले गाउले हरूको सहयोगमा काठमाडौँ को वीरअस्पतालसम्म जेनतेन पुगेर छोरालाइ जचाउदा दुवै मृगौलाले ९०% काम गर्न छोडिसके को चिकित्सक हरुले बताए ।
मृगौलाको महँगो डायलसिस उपचार गर्नु पर्ने भएकोले छोराको मृत्यु शैयाबाट जीवन रक्षाको अन्तिम भिख माग्दै जितेन्द्रका बुबा ले कोरियामा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरु, बाग्लुङ सम्पर्क समिति, विभिन्न संघ सस्थाका प्रतिनिधि हरु र कोरियामा दुख गर्नु हुने सम्पुर्ण नेपाली हरु समक्ष थोरै थोरै भए पनि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् ।
आफु निको भएर समाजसेवा गर्ने लक्ष्य राखेका पिडित जितेन्द्र ले हात जोड्दै भने ” कोरियामा रहेका भगवान सरह दानी नेपाली दाजु भाइ दिदी बहिनि हरुको सहयोग बाट पहिला पनि म जस्तै धेरै दुखि हरुको ज्यान बचेको सुनेको छु ।त्यसकारण मलाई पनि तपाई हरुको परिवारको एउटा सदस्य ठानेर दुख गरेर कमाएको हजुरहरुको कमाइ मध्ये एक कप चिया को खर्च कटाएर मलाई बचाईं दिनु होस , म गरीव र दुःखीको उद्धार गरिदिनुस हजुरको घरमा पक्कै भगवानको बास हुने छ ।”
कोरियामा जितेन्द्र बचाउ अभियान शुरु भैसकेको ले सम्पुर्ण दाजु भाइ दिदि बहिनी हरुमा सहयोगको
लागि हार्दिक अपिल समेत गरिएको छ ।

सम्पर्क : के.बि. बि.सी. -०१०७३६५८४५९
कमल सेन्चुरी – ०१०४६८४४८२७
अनिल गोतामे – ०१०७२१८६३५०
सुरज घिमिरे – ०१०६४४१२११७

खाता नम्बर : उरी बैंक १००२४५१४५२६५४ कोड
नम्बर ०२० ( बि.के.सुरज ) ।धन्यवाद ।

No comments:

Post a Comment