जाजरकोट घटना सार्वजनिक भए संगै दलितका बारेमा प्रायः दलितहरुले मात्र ठाऊठाऊमा नारा जुलूस गरिरहेका छन , न्यायको लागि विज्ञप्ति बुझाउदै छन् , घटना प्रति आपाती जनाउदै पीडक प्रति एक्यबधता जाहेर गर्दै लेख्दै छन , बोलदै छन । देश बिदेशमा रहेका दलितहरू देशमा गणतन्त्र आएर पनि हामी दलितहरु जातका कारण हेपिनु चेपिनु मारिनु पर्ने ? हामी माथिको ज़्यादतीमा हामीले किन समन्याय नपाउने भनिरहेका छन् ।अपवाद छोडेर दलितमाथि भएको सांघातिक हमला र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति गैरदलितहरुले चासो दिन र आफ्नो समुदायको कमजोरीहरु माथि निर्मम हुन आवश्यक देखेनन ।बरु हुल बाँधेर गएको, अर्काकी छोरी भगाउन गएको, लकडाउनका बेला गएको भनेर अपराधको बचाव गरदै , अनेक कारण देखाउँदै हत्याको पक्षमा उभिएर आफु भित्रको अपराधी मनोवृत्ति पनि देखाइरहेका छन ,आफु भित्र हिंस्रक मानसिकता रहेको बुझाइरहेका छन ।
त्यसो त् हामी २१ औँ शताब्दी सम्म आइपुग्दा पनि जातीय संरचनाले अझै हामीलाई गाँजेको त छ नै , समाजमा रहेका कुप्रथा, कुसंस्कार, गलत परम्परा एवं राज्यको विभेदकारी नीतिले गर्दा दलित समुदाय विभेद एवं हिंसाको चपेटामा अझ परेको छ भन्दा अत्युक्ति नहोला।देशमा सामावेशी लोकतन्त्रमा आधारित गणतन्त्र छ । गाउँगाउँमा सिंहदरबार छन् । पटक पटक देशलाई जातीय छुवाछुत मुक्त भनेर घोषणा गरिएको छ । तर फेरि पनि यो वा त्यो बहानामा विभेदका घटना बढिरहेकै छन् ।हाम्रो समाजमा प्रेम जस्तो पवित्र समबन्धहरू पनि समाजले निमार्ण र निधारण गरेको छ । को सँग प्रेम गर्ने भन्ने कुरा समेत समाजले हाम्रो मस्तिष्कलाई नियन्त्रित गरेको छ ।जातको जगमा बनेको सामाजिक मनोविज्ञान र त्यसले निम्त्याएको बिकृत सोचले प्रेम सम्बन्ध, अन्तरजातीय विवाहलगायतका कारण हत्या गरि न्याय नपाएका अजित मिजार, शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा , सविता नेपाली र नवराज विक मारिनु परेको छ । थाहा छैन यस्तो बर्बरता अझै कति देख्न भोग्न सुन्न पर्छ ? कानुनले सवैलाई बराबरी भनेको छ भन्दै प्रताडित भएर ज्यादती सहेर आस्तित हुदै थाहा छैन स्वीकार्यता र निरीहतामा कति बाच्नु पर्छ ?
अझ सुन्दा कुनै फिल्मको कथाजस्तो लाग्ने दलित र गैरदलित बीचको प्रेम वा बिहे गर्दा राज्यको नीति कस्तो हुन्छ भन्ने तितो अनुभव र गतिलो जवाफ हामी अन्तरजातीय प्रेम गरेका कारण भएको अजित मिझारको हत्या काण्ड देखि नवराज विक हत्या काण्ड सम्म साक्षि हामी आफै बनिसकेको छौ ।अजित मिझारको हत्या जस्तो जघन्य अपराधमा प्रहरी आफ़ै खालडो खनेर पोस्टमार्टम नगरी लॉस दबाऊन तातिएकों जसरी पाइयो ठिक त्यसै गरि नवराज विकहरु माथि आक्रमण भइरहँदा प्रहरी पुगे पनि कुनै एक्सन नलिई मुक़दर्शक बनेको नवराज सँगै गएका अर्का युवा सरोज भँडेल बाट सुनियो । दबाबपछि प्रहरीले पक्राउ गर्न जाँगर गर्ने , दलित समुदाय माथि जातका कारण आक्रमण हुदा अनदेखा गरिदिने /हत्या भए बेवारिसे बनाइदिने ,नेपालको सविधान अनुसार क़ानूनी उपचार पाउने नागरिक हक़ हुदाहुदै न्याय पाईन भनेर पत्रकार सम्मेलन , सड़क आन्दोलन देखी गृहमंत्री -प्रधानमन्त्री सम्म गुहार लाउनु पर्ने जुन बाध्यताहरु देखिदैछन।यस बाट अब हेरी रहनु होला अजितका हत्या काण्डमा झैँ चौरहजारी सामुहिक हत्या काण्डमा सफाई पाएर पीडकहरु निर्धक्कसँग हिडछन घूमछन बस्ने छन् ।
आखिरी किन दलित समुदायलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता हावी हुदै गएको छ ? नेपाली समाजका दलित तथा कमजोर वर्गले सहजै किन न्याय पाउने अवस्था छैन?किन मानवीय संवेदनाहिनताको चरम पराकाष्ठा हुदा पनि न्यायमा विभेद छ ? जवाफ स्पस्ट छ ,ज्यानमारालाइ गरिने कारबाही मै आलटाल हुने र तिनै ज्यानमाराहरु नै स्थानीय निकायका हर्ताकर्ता हुने ,सभासद हुने देखि मन्त्री सम्म हुने देशमा, हिंसा दण्डित नहुने बरु पुरस्कृत हुने समाजमा सामूहिक अवचेतनमा बसेको हिंसा यसरी नै सजिलोसँग प्रकट हुन्छन र सफाई पाउछन ।वर्ग, जात, क्षेत्र अनेकौं नाम र निहुँमा ताण्डवनृत्य गर्ने पीडकहरु दण्डित नहुँदासम्म स्वरूप फेर्दै यस्तो घटना दोहोरी रहन्छ। यसरी दलितले न्याय नपाउनुका पछाडि नेपालमा विद्यमान सामाजिक-राजनीतिक बेथितिहरुले भूमिका खेलिरहेको छ तर बिडम्बना अझै दलित समुदायले यो सत्य बुझन सकेका छैनन् ।
अर्को महत्वपूर्ण कुरा समाज विकासको महत्वपूर्ण अवयव मानिने समतामूलक समाजका विषयमा नेपाली समाजमा पर्याप्त बहस पनि हुन सकेकै छैन । वर्ग संघर्ष र देशबाटै जातमा आधारित व्यवस्था, सबै किसिमका विभेद र तहगत असमानताहरुको अन्त्य गर्छौ भनेर गरिएको जनयूद सुरु भएको रुकुममा देखिएको जातीय अहंकारले निम्त्याएको बर्बरताले विशेष गरी दलित गैरदलित वीचको सम्बन्धजस्ता अहम सामाजिक प्रश्नहरुमा पर्याप्त सांस्कृतिक बहस हुन सकेको छैन भने तथ्य हाम्रो सामु ल्याई दिएको छ । हामीले कस्तोखालको आर्थिक-राजनीतिक प्रणाली र सामाजिक व्यवस्था को परिकल्पना गरेर जनयूद सुरु गरेका थियौ र त्यसले कस्तो सांस्कृतिक मूल्य-मान्यताको विनिर्माण गरेको रहेछ भनेर बुझाएको छ । जनयूदको संस्कृति/सभ्यताले नै आज दलितहरूको स्वतन्त्रता, अधिकार र न्यायलाई प्रभावित पार्ने , अराजकता, हिंसा, दण्डहीनता, गरीवी, अशिक्षा र बेरोजगारी व्याप्त समाजमा सबैभन्दा बढी प्रताडीत दलितहरुले नै हुनु पर्ने ! दलित स्वतन्त्रता, समान अधिकार र न्याय भन्ने कुरा देशको आर्थिक व्यवस्था, राज्य सञ्चालन प्रणाली र सामाजिक व्यवस्थासँग गहिरोसँग निर्भर रहन्छ तर राज्यसत्तामा नेकपा अर्थात तत्कालिन माओवादी समूह पनि भएको बेला,स्थानीय तहमा तत्कालिन माओवादी पक्ष समेत रहेको जनयुद्धको उद्गम स्थल रोल्पामा जातको नाममा यस्तो जनसंहार ! त्यसैले हामीले समाजको आधारभूत तहमा रहेका यी समस्यालाई पहिचान गर्न सकेनौं भने घटना केन्द्रित भएर वा पीडकहरुको संख्या गनेर मात्रै दलित माथिको विभेद कहिले हटाउन सक्दैनौं ।
मुलुकमा भएको राजनीतिक परिवर्तनपछि पनि एक पछि अर्को दलित समुदाय प्रताड़ित हुदा न्यायको लागि २/४ ठाऊमा विरोध गर्ने,२/४ जनाले बिज्ञप्ति दिन पर्ने ,अझ न्याय नपाउने र २/४ दिनमा घटना सेलाउने क्रमले निरन्तरता पाउदै आइरहेको तथ्य बाट अब के गर्ने भन्ने द्विविधा दलित नेतृत्वमा/समुदायमा बन्दै गईंरहेको छ भने अर्कों तिर जबजब समाजमा जातीय बिभेदको घटना सार्वजनिक हुनछ,तब गैरदलित तप्काबाट गरिने दलित भित्रको बिभेदको प्रतिप्रश्नले दलित समुदायलाई शिथिल बनाउने गरेको छ।
मेरो मतलव सवै भन्दा पहिला दलित भित्रकाे जातिय भेदभाव जस्ताकाे तेस्तै राखेर, गैर दलितहरू ले जातिय भेदभाव गरे, पुरातनवादी, मनुवादि भन्ने नैतिक शाहस कथित दलित अभियन्ताहरूमा अडिग भएर कहिले जाग्न सकदैन ।अतः दलित भित्र बिधमान सवै प्रकारका विभेदहरु हटाउ। विशेष गरी विभेदकारी एवं असभ्य दृष्टिकोणको शिकार बनिरहेका समाजलाई सच्चिनका लागि आफु बाट सुरू गरिने अभियानले ठूलो मद्दत गर्नेछ ।दलित समुदाय माथिको ज्यादती बिरुद्द राष्ट्रिय एकताको आह्वान गरौ । लातकि भूत बातले मानदैन भने झै दलितहरू मोर्चा बन्दी गरेर मुक्तिको आन्दोलन गरौ । नेपाली समाजलाई के कसरी तत्काल रुपान्तरण गर्न सकिनछ,दलित समुदाय आफ़ै जे सकिनछ त्यों गरौ। हिजो अरुको उदेश्यमा बन्दूक़ बोकनेहरू, हरेक आन्दोलनमा अघि लाग्ने दलित समुदायको एकता नहुदा साझा सोच उदेश्य नहुदा ,दलित शक्ति कमज़ोर हुदा नेपाली समाजमा एक पछि अर्कों अमानबिय घटना हूँदैछन ।
अर्को कुरा जब सम्म आफु र आफंनो समुदाय बिरुद्द हूने अन्यायको बिरुद मार्ने /मरने या आमा समूहले गाउका जड़ियाँ फटाहालाई बाधेर भाटे कारवाहि गरे जस्तो दलितले तत्काल र सोही ठाऊमा प्रतिकार गर्न सकदैंनन, तब सम्म धेरै मानविर ,अजित ,लक्ष्मी र नवराज बिकहरू भेरीमा बगिरहन्छन ।अत यस्तो बेला दलित समुदाय बीच राष्ट्रिय एकता, ऐक्यबद्धता र साझा संकल्प आवश्यक छ भन्ने मनन् गरौ । अहिले क्रियाशिल सवै दलित सरोकारवालाहरु उदार हौ ।उदारतासाथ सवै जोडिने र सबैलाई जोड्ने साझा संयन्त्र बनाउ । त्यो संयन्त्रले विभेद बिरुद्द प्रतिकार गर्न र समतामुलक समाज निर्माणको लागि साझा संकल्पको घोषणा गरौ ।यस्ता अमानविय घटना घटेको बेला राष्ट्रिय संकल्पबिना गरिएका प्रयत्नहरू प्रभावकारी हुँदैनन् र मनुवादी संयन्त्रहरुले प्रभावकारी हुन् पनि दिदैनन ।
अर्को बिकल्प भनेको क़ानूनी राज्य आत्मसाथ गरेर क़ानूनी उपचार नै खोजने ।त्यसो त् अहिलेको राज्य-सत्ताका सबै अंगहरु पीडक-बर्ग पक्षीय भएकोले पिडित बर्गले न्याय नपाउनु सामान्य एवम स्वाभाविक हो। तर कानुन बुझ्ने, बुझाउने ,बहस गर्ने, पौरवी गर्ने दलित समुदायका पुर्वाधारहरु भए भने कुरीति तथा कुसंस्कारजन्य प्रथाको उन्मूलन कानुनी प्रक्रियाबाट दलित समुदाय विरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न सम्भव हुन् सक्छ । घटनामा संलग्न पीडकलाई तत्काल कानुनबमोजिम कारबाही गर्न र पीड़ितलाई न्याय दिलाउन सकिन्छ ।त्यति मात्र हैन, यसरी लाग्ने हो भने अहिले सम्म जातका कारण मारीएका प्रताड़ित भएका घटना प्रकरणका अभियुक्तहरुलाई छाड़ने फ़ौसलाको समेत पुनरावलोकन दर्ता गरेर न्याय दिलाउन सकिन्छ ।
अन्त्यमा , रुकुम पश्चिममा जातीय अहंकारले निम्त्याएको बर्बरता एक प्रतिनिधिमुलक घटना हो । जातका कारण दलित समुदायको अस्तित्व नै दिन प्रतिदिन संकटमा परिरहेका बेला,नेपाली समाज “उच्च जातीय” अहंकारवाद बमोजिम चलिरहेको बेला दलित समुदायले आफु र आफ्ना सन्तति लाइ जोगाउन समयमै उचित कदम चाल्नु पर्ने बेला आएको छ । यसका निम्ति धेरै बिकल्प हुन सक्छन तर अहिले सवै दलित समुदाय लाइ नैतिक प्रश्न, अब के गर्ने ?
No comments:
Post a Comment