रुकुम सोती घटनाका आरोपी वडाध्यक्षसहित २३ जना कारागार चलान,३ जना तारेखमा छुटे

 
विभेद बिरुद्द अभियान - असार १०, २०७७ - रुकुम पश्चिम- सोती घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधिश विद्याराज पौडेलको एकल इजलासले चौरजहारी नगरपालिका–८, का अध्यक्ष डम्मरबहादुर मल्ल सहित २३ जनालाई पुर्पक्षका कारागार पठाउने आदेश गरेको श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

 सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्य २३ जना कारागार चलान भए भने २ नाबालकलाई यस अघिकै आदेशले बाल सुधार गृहमा पठाइ सकिएको छ । १ जनालाई एक लाख धरौटीमा छाडिएको छ भने ३ जना तारेखमा छुटेका छन् । कारागार चलान भएकाहरुमा वडाध्यक्ष मल्ल सहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ ३६ (१) र (३) तिलक चन्द,हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल,रेशमबहादुर मल्ल, विष्णु मल्ल कारागार चलान भएको श्रेष्तेदार बोहराले बताउनुभयो ।इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भिमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा छोड्न आदेश भएको श्रेष्तेदार बोहराले बताए । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द तारेखमा छुटेका छन् ।

गत आइतबार सोती घटनामा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जना विरुद्ध अभियोग दर्ता गरेको थियो । गत सोमबार २ नाबालकको बयान पछि बहस गरेर उसैदिन दुवैजनालाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश समेत भएको थियो । त्यसम्ध्य बालिकालाई भक्तपुर पठाइएको छ भने बालकलाई नेपालगञ्जको बाल सुधार गृहमा पठाइएको छ । वादीको तर्फबाट ५ जना सरकारी वकीलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकीलले बहस गरेका थिए ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथी सोतीकै गाउँलेले आक्रमण गरेका थिए । सो क्रममा ६ जना युवाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ जनाको मृत्यु भएको छ । 

जाजरकोटको नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । नवराजको सोती कि १७ वर्षीया मल्ल थरकी किशोरीसित प्रेम सम्बन्ध रहेको र विहेका लागि लैजान आएका बेला जात नमिल्ने भन्दै गाउँलेद्धारा युवाहरुको हत्या गरिएको थियो । 

पीडित परिवारले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका थिए भने ९ जनालाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको थियो । अरु ५ जनाको संलग्नता भने पछि खुलेपछि उनीहरु पक्राउ परेका छैनन् । फरार प्रतिवादीलाई पक्राउका लागि अदालतबाट पक्राउ पुर्जि जारी भएको छ । 

चौरजहारी नगरपालिका–८, कै तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा यस घटनाका फरार प्रतिवादी हुन् । 

No comments:

Post a Comment