सबै ढोका बन्द भएपछि दलितले यसो गर्लान है !-गोपाल_शिवा

Image may contain: 5 people, people sittingनवराज विश्वकर्मा लगायत ६ जनाको सामुहिक नरसंहार गरिएको घटनामा सयुंक्त राजनीतिक दलित संघर्ष समितिले निस्पक्ष न्यायको मॉग गरदै आज प्रधानमन्त्रीलाई विज्ञप्ति बुझाउन जांदा घण्टौ बाहिर गेटमा कुराइयो तर विज्ञप्ति लिईंएन। बरु बदलामा विज्ञप्ति लिएर जानेहरू केही घाईते भएर वीर हस्पिटलमा उपचार गरिरहेका छन भने दर्जनौ अभियानताहरु गिरफ्तार भए।

मुलुकमा लोकतांत्रिक व्यवस्था आएको छ अब त हामी नागरिक बनछौ होला , मान्छे भएर तमाम नागरिक सरह बाच्न पाउछौ होला भन्यो । तर विडम्बना आजको समयमा पनि न्याय पाउने मौलिकहक र समानता जस्तो आधारभूत कुराका लागि राज्यसित सवै काम छोडेर यसरी दिनहु लड्नु परिरहेछ ।

संगैका साथीहरू उद्योगपति , ब्यब्सायी , प्रतिष्ठित कलकारख़ाना खोलने भैसके तर आफु जस्तै मान्छेबाट जातका कारण हेपिँदा–चेपिँदा, दलन र हिंसा खेप्नुपर्दा दलित समुदायका युवाहरू यसरी सड़कमा आवाज़ बुलन्द गर्न बाध्य छन। नेपालीको सरदार आयुमा आधा त म जस्ता युवापीढ़ीको बितिसक्यो एऊटा मान्छे भन्ने अभियानको लागि क़लम चलाउदा,सड़कमा गएर यसरी कराऊदा।यस्तो विषम सत्यका सामू यो समाजको बराबरीमा हामी कहिले पुग्ने ?

यो समाजको बराबरीमा स्वाभिमानी नागरिकका रूपमा / आफु जस्तै मान्छेको अर्थमा नगनिनुको अनुभूति कति असहाय र पीडादायी हुन्छ भन्ने कुरा हाम्रा राज्य हाकने र दलित समुदायको विज्ञप्ति समेत बुझन नपरोस भनेर ढोका थुन्नेहरूले नबुझे पनि यो अनुभूतिको चर्को मूल्य एक दिन अवश्य तिर्नुपर्नेछ भन्ने कुराको हेक्का रहोस्! निषेधको ब्यबहार गरेर बन्द कोठाको बिरालो बनाउने सोचहरू सबै ढोका बन्द भएपछि दलितले अवश्य एकदिन झम्टन, कोपर्न, चिथोर्रन र तिमिहरूको घाँटी समाऊँन बाध्य हूनेछन।
@गोपाल_शिवा

Image may contain: 6 people, people standingImage may contain: 12 people, people sittingImage may contain: 6 people, including Sunita Marick and Sharmila Chand, people sittingImage may contain: 8 people, people sitting and outdoorImage may contain: 6 people, people sitting and people standingImage may contain: 4 peopleImage may contain: 2 people

No comments:

Post a Comment