सोती घटनाका प्रत्येक मृतक परिवारलाई कर्णाली सरकारले १ लाख राहत दिने

 

विभेद बिरुद्द अभियान - ०७७ असार ३  गते-रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीमा ०७७ जेठ १० गते भएको घटनामा परी ज्यान गुमाउनेहरुको परिवारलाई कर्णाली प्रदेश सरकारले १ लाख रुपियाँ राहत दिने भएको छ ।

असार १ गते बसेको मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई १-१ लाख रुपियाँ दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव बुढाथोकीले टेलिफोनमार्फत इन्सेकलाई जानकारी दिनुभयो ।

नवराज विक आफ्नी प्रेमिकालाई लिन भन्दै साथीहरुसहित सोती आएको बेला जेठ १० गते सोतीका स्थानीयले आक्रमण गरेका थिए ।

त्यहि क्रममा भेरी नगरपालिका– ४ रानागाउँ जाजरकोटका २१ वर्षीय नवराज, १७ वर्षीय गोविन्द  शाही, १७ वर्षीय गणेश बिएम, २१ वर्षीय सन्जु विक, भेनपा– ११ का १८ वर्षीय लोकेन्द्र सुनार र रुकुम पश्चिम चौरजहारी नगरपालिका– १ का २० वर्षीय टिकाराम नेपालीको मृत्यु भएको थियो ।-इन्सेक 

No comments:

Post a Comment