दलित आन्दोलन : माइतीघर To नया बानेश्वर-- गोपाल शिवा

No photo description available.रुकुममा घटाईएको क्रुरताले दलितहरूको अवस्थाबारे देशव्यापी चिन्ता र चासो बढ़ेको छ ।जत्रा सुकै राजनीतिक परिवर्तन भए पनि आज दलितहरू माथि हुने बिभेद , ज़्यादती , लगायत उत्पीडनको जरो हजारौं वर्ष पुरानो नेपाली समाजको मन मस्तिष्कमा गाडिएको छ भने यो ज्वलन्त उदाहरण हो। नेपाली समाजको संरचनामा जातीय विभेद छ । दलितहरू आर्थिक, राजनीतिक, सांस्कृतिक विभेदबाट प्रताडित छन् । हजारौं वर्षको मूल्य, मान्यता , संस्कार र राज्यको नीतिनियमहरूमा जात व्यवस्था जोडिएको छ भनेर बुझाएको हो। तर हजार वर्ष पुरानो यो रोगको निदानका लागि केही दलित समुदायकाहरू मात्रै मिलेर माइतीघर To नया बानेश्वर सम्म केही बेर रोएर ,कराएर , पदयात्रा गरेर , आन्दोलन गरेर , देखाएर समानता /मौलिकहक प्राप्ति र न्यायमा पारदर्शिताको संस्कार बस्ला ?

दलित हैंन भने पनि थर फेरे पनि वा लुकाए पनि उच्च जातकाले जसरी पनि कथित दलितको पहिचान पत्ता लगाएका छन् /लगाए पछि विभेदको कुरूप व्यवहार देखाएका छन ।यस्तोमा पुराना दलित विरोधी मान्यताहरू केही पनि नछोड्ने, समाजको पुरानो संरचनालाई भत्काउन तयार नहुने, रुढीवादी पनि भैरहने अनि जातका कारण हूने हामीमाथिको उत्पीडन हट्नुपर्यो भन्नु ढुंगाले किचिएको मानिसले ढुङ्गो नपल्टाई या नफुटाई मलाई उद्दार गर भने जस्तै अवैज्ञानिक कुरा हो । अतः दलित समुदायका साझा सवालहरु छलफल गरौ, साझा निचोड़ निकालौ ।मानवताविरोधी कुराहरुलाई आफ्नो बनाउने आजको पूँजीवादी समाज व्यवस्थाले शोषण, दमन र उत्पीडन गरेका दलित मात्र हैंन सवै मिलेर एउटा लडाईं लडौ।लड़ने पूर्वधार बनाउ।गाऊँ गाऊँ बाट बस्ती बस्ती बाट उठेर बिभेदकारी सोच र व्यवहार जन्मने धार्मिक , सामाजिक , राजनीतिक कारखानाहरू सवै मिलेर बन्द गर्ने हिम्मत राखौ न त्यसपछि हेरौ परिणाम के हुनछ !।

No comments:

Post a Comment