आउजीको आत्मदाहको ख़बर अहिले सम्म कानमा परेको छैन।- गोपाल शिवा

Image may contain: 1 person, close-upट्युनिसियाली युवक तारेक अल-तैयब मोहम्मद बोआजीजी पढ़ेलेखेका थिए। सेना लगायत कयौ ठाऊमा उनले जागीर खाने प्रयास गरे तर कही नपाए पछि सड़कमा तरकारी बेचन थालेका थिए। जब ऊनी तरकारी बेचन भनेर आउथे तब पुराना ब्यापारीहरू उनलाइ दुर्व्यवहार र अपमानित गर्थे भने नगरपालिकाका अधिकारीहरू उनका सामानहरू दिनहु जफत गर्थे । एका तिर पिताको निधन भैसकेको सौतेनि पिताको सहयोगले पढ़ीरहेका अर्क़ो तिर दिनहु प्रताड़ित हूने प्रक्रिया चलेपछि भविष्यप्रतिको अनिश्चितता र असुरक्षाले उनले अन्नत सन २०१० को १७ डिसेम्बरमा त्यही बजारमा सवैको सामु आफूलाई आगो लगाए / आत्मदाह गरे। उनको आत्मदाहले अरब देशमा धेरै मुलुकमा निरंकुश विरुद्ध ठूलो जमात सड़कमा उर्लिएर लडन उत्प्रेरक बन्न पुग्यो। यस्तो क्रान्ति भयों कि अरबका धेरै देशहरू उथलपुथल भए ट्युनिसियन, सिरिया ,इजिपटको ३० बर्षिय निरंकुश शाशनहरू लडेर भत्ताभुंग भए।

अछाम बयलपाटाका गरिब र दलित समुदायका सिद्धार्थ आउजी अछाम बयलपाटा अस्पतालको शौचालय सफा गरेर र भुइँ पुछेर कमाएको पैसाले उनी श्रीमती र दुई छोराछोरीको परिवार पाल्थे। लकडाउनको बेला जागीर देखि ऊनी कार्यरत अस्पतालबाट निकालिए, परिवारमा अरु कोहि कमाउने थिएनन् । जान थालेको उनको जागिर गए पछि भविष्यप्रतिको अनिश्चितता र असुरक्षाले उनले पनि त्यही अस्पतालहाता भित्र सवैको सामु आफूलाई आगो लगाए / आत्मदाह गरे। रोजगारको सृजना गरछौ भन्ने/एक घर एक रोजगार भनेर कहिले नथाकने राज्यले एउटा गरिब दलितलाई आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरी मृत्यवरण गर्न बाध्य बनायो । तर पनि हामी मध्ये धेरैलाई उनको आत्मदाहको ख़बर अहिले सम्म कानमा परेको छैन।

एउटा कामदारले यसरी प्रताड़ित बनेर आत्मदाह गर्नु पर्ने परिस्थिति बन्यो /अझै कति बन्दै होला ।तर ट्युनिसियामा झै बेरोज़गारी , गरिबी र बेथितिका बारे त हामी बोलन सकदैनौ/चाहदैनौ ।यधपी मनमा उठेको प्रश्न स्थानीय तह, प्रदेश र केन्द्रका सार्वजनिक क्षेत्रमा रोजगारी सिर्जना गर्ने गरी बनाईएका प्रधानमन्त्री रोजगार कार्यक्रम खै ? परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारको मापदण्डभन्दा थोरै वार्षिक आय भएका परिवार र परिवारको कुनै सदस्य स्वरोजगार नभएको अवस्थामा तथा परिवारका एकजना पनि सदस्य वैदेशिक रोजगारीमा नगएको अवस्थामा सरकारले निर्वाह भत्ता दिने भनेको खै ? सरकारले बनाएको 'योगदानमा आधारित सामाजिक सुरक्षा योजना' खै ?

प्रश्नहरूको चांगमा यदि पीड़ितका परिवारलाई सहयोग गर्न चहानुहुनछ भने ।
खातावालाको नाम: शिशिर आउजी चित्रा आउजी
रास्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बयालपाटा अछाम,
खाता नम्बर ४०४०००१३८०१०

No comments:

Post a Comment