रुकुम घटनामा न्यायका लागि काठमाडौंमा लालटिन जुलुस

विभेद बिरुद्द अभियान -काठमाडौं, ११ असार । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषी उन्मुक्ति दिन नहुने भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएका भन्दै काठमाडौंको माइतिघरमा लालटिन जुलुस निकालेको हो ।त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन बालुवाटार जाँदा बुधबार प्रहरीले गरेको हस्तक्षेपको पनि बिरोध गरेका छन् ।

त्यस्तै उनीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा पोष्टमार्टम रिपोर्ट रिपोर्टमा हेरेफेर गरेको आरोप लगाएका छन् ।

सांसद लक्ष्मी परियारले सोती घटनामा सरकारले न्याय दिन नसकेको भन्दै विरोध गरिएको बताए । न्यायको खोजि गर्नका लागि दिउँसै लालटीन जुलुस निकालिएको उनले बताए ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ भने गृहमन्त्रालयको छानविन समितिले पनि प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

No comments:

Post a Comment