सोती घटना : शुक्रबारदेखि अदालतमा थुनछेक बहस

सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो । 

सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

पहिलो दिन आज वादीका तर्फबाट ५ सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताए । उनका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्ने छन् ।  

वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उनको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट ५ सरकारी वकिलसहित १६ र प्रतिवादीका तर्फबाट ७ वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।

No comments:

Post a Comment