लक्ष्मी परियार प्रति हार्दिक श्रद्धाञ्जली !!!-- गोपाल शिवा

Image may contain: one or more people and people sittingआज भन्दा ३ वर्ष अघि असार ४ गते बोक्सीको आरोपमा मलमुत्र खुवाई हत्या गरिएकी काभ्रकै लक्ष्मी परियारको शब दाहसंस्कार गरिएको थियो।

लक्ष्मी परियार र अन्तरजातीय प्रेम सम्बन्धका कारण ज्यान गुमाएका अजित मिझार, शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा ,सविता नेपालीको हत्या पछि जुन खालको गम्भीरता बोध गर्नु पर्दथ्यो सायद त्यो हामी हजारौ दलित सस्था र ५० लाख दलितले दाहसंस्कार पछिका पछिल्लो २/३ वर्षमा गर्न सकेनौ फलस्वरूप त्यही प्रकृतिको रुकुम नरसंहार हाम्रो अघि आएर बजारिएको छ। लोकतन्त्रमा जातकै आधारमा अमानविय ढंगले मारिदा समेत राज्य बाट हत्याको बदला न्याय हैन राहत दिएर थामथुम परिनु अनि हामी मौन हुनु निर्लज्जताको पराकाष्टा हैंन र ?

न्याय चै पछि र राहत चै पहिले लिने संस्कार लाई स्वीकार गरिदाको परिणाम पछिल्ला दिन घटेका अङ्घिरा पासी , नवराज बिक र शम्भु सदा मुसहरको घटनामा पनि न्याय भनदा पहिले राहत दिन राज्यले नै प्रक्रिया थालेको छ। समुदायका दाजुभाइ दिदीबहिनी माथिको ज़्यादतीको बारेमा सुने देखेका बाचेका /घटनाको अध्ययन अनुसन्धान गर्न पुगेका दलित समुदायकाहरुले के कति न्याय दिलाउन सक्यौ र पहल गरदै छौ ? हाम्रो मौनताले हाम्रो भावि पुस्ताले हामीलाई धिक्कार्ने त छदैछ तत्काल चै यही प्रश्नले हामी सवैलाई सामूहिक आत्मसमीक्षा र आत्मालोचना गर्न बाध्य पारेको छ।

त्यसैले हामी सबैले आफ्ना विचार, पार्टी, समूहभन्दा माथि उठेर यो तथ्यलाई ध्यानमा राखौं, दलित समुदाय लाई यो मुलुकमा आम नागरिक सरह सम्मानपुर्वक बाँच्ने वातावरण सिर्जना गर्न र गराउन सम्पुर्ण दलित तथा गैरदलित र राज्य एक भएर बेलैमा लागौ । लक्ष्मी परियारको मृत आत्माले चिर शान्ति पाओस हार्दिक श्रद्धाञ्जली !
©गोपाल शिवा


No comments:

Post a Comment