नवराजकी प्रेमिका र अर्का नाबालकलाई बालसुधार पठाउन अदालतको आदेश

जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको ह,त्या का’ण्डमा मु’छिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ । जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ६ जनाको ह,त्या गरेको भन्दै आइतबार ३४ जना वि’रूद्ध मु’द्दा दायर भएको थियो।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्ज स्थित सुधारगृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बाेहाेराले जानकारी दिए। दुवैको थुनछेक बयान र बहस आज भएको थियो। भोलिदेखि अरू अ’भियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ। आइतबार नवराजकी प्रेमिकाका बावु, दाजु र वडाअध्यक्ष लगाय ४२ जनालाई सरकारी वकिल कार्यालयले मु’द्दा दायर गरेको थियो।

क्रु,रता पूर्वक ६ जनाको ह,त्या गरेको, १२ जनालाई घा’इते बनाएको र जातीय वि’भेद गरेको आ’राेप उनीहरु माथि छ । नवराजकी प्रेमिका र उनकी आमालाई म’तियारको भूमिका खेलेको कसुर लगाइएको छ । क्रु,रता पूर्वक ह,त्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ। मतियारलाई भने मूल मु’द्दामा हुने स’जायको आधा स’जाय हुन्छ। ३४ अ’भियुक्त मध्ये २९ जनालाई प्रहरीले प,क्राउ गरिसकेको छ भने ५ जना फ’रार छन्।

No comments:

Post a Comment