निमाण भएको एक वर्ष बित्दा पनि दलित छात्रबास सुरु भएन

सरोज उपरकोटी- चितवन, चैत ३० ।÷चितवनको भरतपुरमा कोठा भाडाको लागि कुनै मापदण्ड नहु“दा कोठा भाडामा बस्नेहरु मारमा परेका छन् । भाडावालाले आफ्नो मनलाग्दि गर्दै दिनानु दिन भाडा बढाएका छन् । यहा“ आर्थिक अवस्था कमजोर भएका मानिसले कोठामा बसेर पढ्न वा अन्य काम गर्न अत्यन्तै कठिन छ । त्यसमा माथि पनि दलित विद्यार्थी अझ बढि पिडामा छन् । यसै कुरालाई ध्यानमा राखी चितवनका राजनैतिक दलित भातृ संगठनले करिब ६ वर्ष अघि भरतपुर—११, गणेशथानमा दलित छात्रबास बनाउने निर्णय गरे । निर्णय अनुसार सोही स्थानमा विभिन्न समस्याका बाबजुद उक्त छात्रबासले निर्माण सुरु भएको ५ वर्ष पछि २०७१ सालको अन्तमा ६ कोठा सहित पहिलो तल्लाले पूर्णता पायो । अझ विद्यार्थीको लागि आवश्यक प्राय सबै जसो सामाग्रीहरु पनि छात्रबासमा ल्याई सकिएको छ ।
तर निर्माण सम्पन्न भएको एक वर्ष बिति सक्दा पनि यहा“का दलित संगठनहरुले विद्यार्थीहरु राख्न सकेका छैनन् । निर्माण सम्पन्न भईसके पछि विद्यार्थी राख्नु त परको कुरा दलित संगठनहरुले पूर्ण बैठक र छात्रबास संचालानार्थ विधान समेत बनाउन नसकेको दलित छात्रबास निर्माण तथा व्यवस्थापन समितिका एक सदस्य बताउ“छन् । छात्रबास संचालनका लागि संगठनहरु बिच फरक–फरक धारणा आई बिवाद हु“दा र हालको नेतृत्तले राम्रो समन्वय गर्न नसक्दा पनि छात्रबास संचालनमा ढिलाई भएको वैद्य निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला संयोजक बाबुराम प्यासी बताउ‘“छन् । उनका अनुसार छात्रबास कसरी उद्घाटन गर्ने र कसरी विद्यार्थीलाई छात्रबासमा ल्याउने भन्ने बारे संगठनै पिच्छे फरक धारणा हु‘“दा समस्या थपिएको छ । छात्रबास निर्माण तथा व्यवस्थापन समितिका अर्का सदस्य एवं नेपाल दलित संघका पूर्व जिल्ला सभापति मिन बहादुर विश्वकर्मा छात्रबास संचालनमा ढिलाई प्रति अनविज्ञ रहेको बताउ“छन् । मिन बहादुर भन्छन्–“छात्रबास निर्माण भर्एको करिब एक वर्ष भयो, विद्यार्थी राख्न खै किन रोक्नु भाछ मलाई केहि छैन् ।” उक्त छात्रबास व्यवस्थापन समितिको अध्यक्षता चक्रिय प्रणलीमा गरिंदै आइएको छ । एउटा दलित संगठनले एक वर्ष नेतृत्व गर्छन् ।
अहिले एमाले निकट दलित भातृ संगठन नेपाल दलित मुक्ति समाजका जिल्ला अध्यक्ष बिजय विश्वकर्माले समितिको नेतृत्व गरिरहेका छन् । विजयले आर्थिक वर्ष ०७२÷७३ को सुरुवात्मा नै आफ्नो नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो । तर हाल सम्म नेतृत्व हस्तान्तरण नगरि समय लम्बाई रहेको र छात्रबासमा विद्यार्थीहरु ल्याउने तिर पहल नगरेको अन्य दलित संगठनहरुको भनाई छ । मोर्चाका बाबुराम प्यासी भन्छन््– “बिजय जी ले साउनमा नै आफ्नो नेतृत्त हस्तान्तरण गर्नु पर्ने हो तर आज सम्म नेतृत्त हस्तान्तरण गर्नु भएन यसैको कारण पनि विद्यार्थी राख्न समस्या भयो ।” प्यासीका अनुसार अब छात्रबासको नेतृत्वको पालो विप्लव माओेकादी निकट मोर्चाका जिल्ला संयोजक भिम बहादुर वि.कले पाउनेछन् । हाल छात्रबासको नेतृत्त गरिरहेका मुक्ति समाजका अध्यक्ष विजय विश्वकर्माले छात्रबास छिट्टै संचालनमा आउने बताए ।
छात्रबासका लागि विधान, पानी र बत्तिको व्यवस्था हुन नसक्दा संचालनमा ढिलाई भएको बताए । गरीब र जेहेन्दार दलित विद्यार्थी राख्ने भनिएको छात्रबासको व्यवस्थापनको लागि छात्रबासमा बस्ने विद्यार्थीहरुबाट केहि शुल्क लिने पनि छात्रबास व्यवस्थापन समितिले बताएको छ । विद्यार्थी बाट कति शुल्क लिने भन्ने पनि टुङ्घो लागेको छैन् । छात्रबास संचालनमा ढिलाई हु“दा तीन ओटा झ्यालका सिसाहरु फुटेका छन् भने भवन भित्र ढुङ्गाहरु फालिएका छन् । छतमा रहेको पानीको ड्रम र झ्यालका सिसाहरु जोगाउन आफूलाई गाह्रो भएको छात्रबासका हेरचाह गरिरहेका राम बहादुर गुरुङ्गले बताए । सो छात्रबास विश्वकर्मा मन्दिरको मातहतमा रहेको डेढ कठ्ठामा जग्गामा बनेको हो । हालको निर्माणमा खर्च भएको मध्ये १ लाख ५० हजार ऋण अझै बा“की रहेको छात्रबास २ फ्लाईटको बनाउने मुख्य योजना रहेको छ ।

No comments:

Post a Comment