जंगलमा लागेका आगोमा जलेर नोम बहादुर नेपालीको मृत्यु

प्यूठान- वैशाख ३,विभेद बिरुद्ध अभियान - दक्षिणि प्यूठानको धुवाङमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । धुबाङ-८, अ्म्मरेका सुर्य बहादुर नेपालीका ११ वषिर्य छोरा नोम बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको ।
शुक्रबार बिहान नजिकैको  जंगलमा मालुको टाटा खोज्न गएकोबेला जंगलमा लागेका आगोमा नेपाली परेका हुन् । उनको उपचारको लागि बुटवल लग्दै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी प्रमखु रञ्जीत सिंह राठोरले बताए ।
मृतकका भाइ र आमा समेत जलेर सामान्य घाइते भएका छन । उनीहरुको बड्डाँडा स्थित मेडिकलमा उपचार भैरहेको छ । नेपालीको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ । धुबाङ ७ र ८ स्थित सामुदायिक बनमा बिगत ३ दिन देखि लागेको आगो नियन्त्रणमा आएको छैन ।

No comments:

Post a Comment