दलित समुदायको न्यायमा पहँच अभिबृदि गर्न समाबेशी संबाद कार्यक्रम

सल्यान,बैसाख ३- विभेद बिरुद्ध अभियान । दलितहरुलाई समाजमा सम्मानीत रुपले बाच्न पाउने बातावरण सृजना हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । दलित सेवा संघ सल्यानको आयोजनामा दलित समुदायको न्यायमा पहँच अभिबृदि गर्न सरोकारवाला निकायहरुको भूमिका बिषयक समाबेशी संबाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । दलित सेवा संघ सल्यानका अध्यक्ष यज्ञ बि.क. को अध्यक्षता एबम सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा दलितहरुलाई सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक रुपमा हिँसा सहनुपर्ने अवस्था रहेका बताएका छन । 
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले स्थानिय स्तरमा छुवाछुत सम्बन्धी घटनाहरु भएमा सम्बन्धीत निकायमा गएर उजुरी दिन आग्रह समेत गर्नु भयो । कार्यक्रमका सहभागी बक्ताहरुले राज्यले दलितहरुको लागी थुप्रै निती नियम बनाए पनि प्र¥याप्त नभएको धारणा राखेका छन । उनीहरुले स्थानिय स्तरमा नै पुगेर जनचेतना मुलक कार्यक्रम गरी सचेत गराउनु पर्नेमा जोड दिएका थिए । 

 धन बहादुर बि.क.को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन भिम बहादुर परियारले गर्नु भएको थियो भने समाबेशी संबाद कार्यक्रमको सहजीकरण प्रतिक शर्माले गर्नु भएको थियो । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवम प्रतिनिधि हरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment