जात पहिला सोध्ने कि नाम पहिला ?- शिशिर रामदाम

बैसाख ३- विभेद बिरुद्ध अभियान - नेपाल भित्र एउटै धर्म मान्दा पनि समाज र संस्कार भने अलग हुँदो रहेछ । म त लाग्थ्यो धर्म एउटै हुदा समाज र संस्कार पनि एउटै हुन्छ भनेर , तर होइन रहेछ यो त मेरो गलत सोच पो रहेछ । कहाँ म पुर्व धरानको मान्छे, कहाँ यहाँ सुदुर पश्चिममा रहेको दार्चुला जिल्ला । अहिले म यहि जिल्लामा बसेको छु । पढाईको शिलशिलामा ।
एउटै धर्म मान्ने भन्दै संस्कारलाइ दाजेर कहाँ मिल्दो रहेछ र १ म त मूर्ख पो रहेछु १ म त ठान्थँे जहाँ पनि एउटा संस्कार हुन्छ र ब्यबहार पनि समाज एउटै हुन्छ भनेर तर, त्यो होइन रहेछ । धर्म एउटै भए पनि समाजको संस्कार र मान्छे मान्छेलाई गर्ने ब्यबहारमा पनि फरक हँुदो रहेछ । अनि पुर्बका सुबिधा सम्पन्न शहरमा बसेर दलितका मुद्दा माथि उठाउने दलित नेताहरु देखेर छक्क परेँ । किनकी दलितका नेता हुँ भन्नेहरु त निश्चित दलितहरुलाई लिएर हामीले यस्तो ग¥यौं त्यस्तो गर्यौ भन्नेमा नै ब्यस्त रहेको देखिन्छ । तर साच्चै हेर्ने हो भने दलितको अवस्था, दलित माथि गरिने व्यवहार भने बिकट क्षेत्रमा नै हेर्न जानू पर्ने रहेछ । दलित नेताहरुलाई दलितहरुको अवस्था कस्तो छ भनेर सोध्यो भने थाह नहोला रु दलितको नेता हुँ भनेर निश्चित दलित बर्गलाइ समेटेर सम्पूर्ण दलितहरुको अवस्थामा सुधार हुदैन । दार्चुला जिल्लामा रहेका कुनै पनि दलितको स्तरबृद्धि हुन सकेको छैन । जो परम्परागत चालचलन र संस्कारले उनीहरुलाई दुई छाक खान पनि उपल्ला बर्गहरुको परनिर्भरतामा नै भर पर्नु पर्ने अवस्था देखिन्छ । जहाँ अझैं पनि छुवाछुत गर्ने ब्यवस्था कायम छ । छुवाछुत समाप्त भएको छैन, मात्र छुवाछुत गर्ने तरिका परिवर्तन भएको अनुभव गर्न सकिन्छ । यथास्थितीबादी समाजले दलितहरुलाई तल्लो स्तरमा नै देखिरहने चाहाना पूरा भइ नै रहेको छ ।
समाज परिवर्तन भएको अनुभूति नै गर्न सकिँदैन । यहाका दलितहरुको श्रम–सीप, अन्नबाली सबै कुरा चल्छ । पानी चल्दैन । कस्तो समाज सबै कुरा चलेर पानी नचल्ने, मन्दिरको मूर्ति दलितले नै बनाउँदा चल्छ तर छिर्न नहुने १ खै १ समाजको संस्कार हो कि हिन्दु धर्मको ग्रन्थमा त्यस्तो छ , छुवाछुत र जातीप्रथा हिन्दु धर्मबाहेक कहिँबाट आएको होइन । मनुस्मृतिमा आधारित यो धर्मका विषयमा अब हामीले कसरी बुझ्ने रु मलाइ साह्रै जान्ने इच्छा रहेको छ । अहिलेसम्म पनि सुदुरपश्चिममा उपल्ला बर्गका छोराछोरीसँग साथी बनेर तल्ला बर्गका छोराछोरीसँग हिडेमा उपल्ला बर्गका छोराछोरी घर छिर्ने बेलामा पानी छर्कने गरिन्छ । अपरिचित मान्छे यो ठाउँमा आएमा नाम पहिला सोध्ने चलन छैन । यहाँ नाम जेसुकै होस् उनीहरुलाई मतलब छैन किनकी मात्र जात के हो रु भनि सोध्ने गरिन्छ । आखिर जातमा के हुन्छ र यहाँका मानिस नाम नसोधी जात मात्र सोध्ने गर्छन् । जात यो हो भनेर बताएमा नाख खुम्च्याएर हिड्ने गर्छन् । यिनीहरुलाई लाग्छ कि क्या हो तल्लो जातकोले केही गर्न सक्दैन भनेर । यदि तिमीहरुलाई लाग्छ भने तिमीहरु दलितले सिलाएको लुगा किन लगाएर हिड्छौ । नाङ्गै हिड्दा भै हाल्थ्यो नि । यो दलितको आवश्यक्यता छैन । के नाङ्गै हिड्दा तिम्रो इज्जत, सम्मान प्रतिष्ठा पूरा हुदैन हो रु हँुदैन भने दलितको आवश्यक्ता हुन्छ । किन गर्छौ पशुलाई जस्तो व्यवहार रु भन किन गर्छौ । के दलित मान्छे होइन उसको भावना पनि तिम्रो जस्तै हुदैन र रु तिमीलाई इज्जत, प्रतिष्ठा, सम्मान, चाहना हुन्छ, खेल्न, उफ्रर्न, हास्न, नाच्न, माया, प्रेम सबै कुरा गर्ने इच्छा हुन्छ जस्तो उपल्ला बर्गका मानिसहरुमा मन्दिर पस्ने इच्छा हुन्छ भने दलितका मनमा मन्दिर पस्ने चाहाना हुदैन रु कि दलितहरुको चाहिँ भावना छुट्टै हुन्छ र रु जो अन्य मानिस चिया पसलमा गयो भने चिया बन्छ तर दलित गएर चिया बनाउन आग्रह गरेमा दूध नै सकिने, भैँसीले, गाईले दूध नदिएको बाहाना हुन्छ । बुद्धिजिबी भनाउँदाहरुको अनुहार देख्दा पनि मलाइ त घृणा लागेर आउँछ । किनकी जातीय छुवाछुत गर्नु हँुदैन , उनीहरु पनि मान्छे हुन्, उनीहरुको पनि हाम्रो जस्तै भाबना हुन्छ भन्ने जान्दा–जान्दै पनि विभेद संस्कारलाई अगाल्छन भने त्यस्ता बुस्वाठहरुलाई कसरी बुद्धिजिबी मान्न सकिन्छ रु तिनीहरु त अबुज मानिसहरु हुन भन्ने लाग्छ । उपल्ला बर्गका मानिसहरुलाई । तर धन्यवाद भन्नू पर्छ किनकी जहाँ द्वन्द्व हुन्छ त्यहा बिकास पनि हुन्छ । अर्को कुरा पनि थाहा होला तपाईहरुलाई हरेक कुराको बिपरित प्रतिकृया हुन्छ भनेर त्यस्को परिणाम तपाईहरुले अबश्य भोग्नु पर्ने छ । दलित समुदायलाई गरेको यो अन्याय दलितहरुले सँधै सहँदैनन् र तिम्रा छोरा नातीहरुलाई बदला लिनेछन् । हेर्दै जाऔं यस्ता बकम्फुसे तिम्रा स्वार्थी धर्म र धर्मका आडमा गरिएका मानवता विरोधी कलंकको पर्दाफास मात्र होइन, बदला लिनेमा कुनै शंका छैन । विद्रोहको ज्वाला पश्चिमबाट हरेक पटक हुनुको अर्थ यहि रहेछ । नेपालका ६० लाख दलितहरुले यस्तो खबर सुन्नुपर्छ र मानव भएर पशु सरह जिउनु पर्ने बाध्यताको अन्त्य हुनै पर्छ । क्रान्ति भन्ने कुरा गफमा होइन यथार्थतामा हुने रहेछ ।
दलितका नेताहरु किन यस्ता बिकट र अन्यायमा परेका ठाउँमा गएर दलितको अधिकारको बिषयमा बोल्दैनन् । कि दलित नेताहरुलाई पनि बिकसित ठाउँ नै पो माया लाग्दो रैछ क्या हो रु समाजका मसिना ती अबोध बालबालिकालाई के थाह जातीय छुवाछुत रु जबर्जस्ती उनीहरुलाई संस्कार अगाल्न लगाइन्छ । अबका पिंढीहरुको मस्तिस्कमा जातीय छुवाछुतको तुस छ । किनकी बाबू र बाजेको संस्कारलाई त जोगाइ राख्नु पर्यो नि त हैन रु यो अबको पिंढीहरुको बाध्यता पनि भन्नूपर्छ । बाबू र बाजेको संस्कारलाई न अंगाले–तोडेमा पनि समाजको अनेकौ शब्दहरु सुन्नु भन्दा त त्यस संस्कारलाई नै अगाल्नु उचित पनि त हुन्छ । जसरी धुम्रपानको बट्टटामा बैज्ञानिक रुपमा धुम्रपान स्वास्थको लागि हानिकारक छ भनेर थाह पाई पाई धुम्रपान प्रयोग गर्छन त्यसरी नै दलितहरु पनि मान्छे हुन, मान्छेको जस्तो व्यवहार गर्नुपर्छ, शोषण गर्नुहुदैन, बिभेद गर्नुहुदैन, यिनीहरु पनि हामी जस्तै हुन भन्ने जानी जानी पनि शोषण विभेद गर्छन् । यो नै यहाँको समस्या जडसुत्रको रुपमा रहेको छ । अन्तमा मेरो आग्रह छ कि नेपालका जुनसुकै स्थानमा बसोबास गरेपनि हामी नेपाली हौं । नेपालीले नेपालीलाई यस्तो व्यवहार गर्नेलाई कसले गर्ने कारबाही र ? 

No comments:

Post a Comment