रुमा परियारको उपचारका लागि सहयोग रकम जुट्यो

दमाम (साउदी अरब), चैत्र २५ - सात वर्षदेखि ओछ्यानमा थला परेकी स्याङ्जा जिल्लाको बहाकोट–७, मेलडाँडाकी रुमा परियारको उपचारका लागि सहयोग रकम जुटेको छ । आर्थिक अभावका कारण आँखाको उपचार पाउन नसकेकी रुमाको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएपछि अनुप नेपाली को पहलमा  साउदी अरबमा रहेका नेपालीले सहयोग रकम जुटाएका हुन् ।
रुमाको उपचारका लागि ७० हजार रुपैयाँ  सङ्कलन भएको अभियानकर्ता अनुप नेपालीले जानकारी दिए । उनको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको नेपालीले बताए । बृद्ध श्रीमान्ले हलो जोतेकै भरमा बिहान–बेलुकाको छाक टार्दै आएकी रुमाको परिवारमा पाँच छोराछोरी रहेका छन् ।
आर्थिक अभावकै कारण उपचार हुन नसक्दा ७ वर्षअघि आँखामा आएको सानो समस्याले गर्दा उनले आँखा गुमाउनु परेको थियो । रुमाको उपचारका लागि शरिन ख्युङ्वा तामाङको पहलमा इजरायलमा रहेका नेपालीले समेत सहयोग रकम सङ्कलन गरेका छन् ।

No comments:

Post a Comment