सर्लाहीको बरहथवामा दलितहरुको धर्म संस्कृति इतिहास महोत्सव सूरु

सर्लाही, १ वैशाख । सर्लाहीको बरहथवामा आज देखि धर्म संस्कृति इतिहास महोत्सव सूरु भएको छ ।राष्ट्रिय दलित एकता अभियानको आयोजनामा बरहथवा नगरपालिका वडा नम्वर ७ स्थित सोती खोलाको किनारमा महोत्सव सूरु भएको हो । दलितहरुको धर्म संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अभियानका संरक्षक राजाराम पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव शुभारम्भको अवसरमा बिहान एक हजार एक सय कन्याहरुद्धारा झाँकी सहित कलश यात्रा निकालिएको छ ।
महोत्सवमा सर्लाहीका विभिन्न गाउँबाट ठुलो संख्यामा दलित जातजातिका मानिसहरु सहभागी भएका छन् । बैशाख ७ गते सम्म चल्ने महोत्सवमा दलितहरुको धर्म संस्कृति सम्वन्धी विभिन्न किसिमका प्रवचनका साथै अन्य कार्यक्रम हुने अभियानका संरक्षक पासवानले बताउनुभयो ।
महोत्सवको आज दिउँसो एक समारोहका बीच जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उद्घाटन गर्नु भएको हो ।

No comments:

Post a Comment