रामचन्द्र न्यौपाने,चैत २५ विभेद बिरुद्ध अभियान –डोल्पाको त्रिपुराकोट, पहाडा, जुफाल, दुनै, सुँ, कालिका लगायतका दर्जनौ गाबिसहरुमा दलित समुदायहरुको बसोबास छ । तर, धेरैको अजग्गा छैन । भएको जग्गामा पनि उब्जनी हुँदैन । पाँच हजारको सङ्ख्यामा रहेका यि दलित समुदायको चुल्हो अर्काको मजदूरी गरे चल्छ, नत्र भाकै बस्नुपर्ने बाध्यता छ ।
‘बर्षौदेखि उपल्लो जातका भन्नेहरुले भएको जग्गापनि हडपे, अहिले न जग्गा छ नत रोजगारीनै ’, डोल्पा त्रिपुराकोटका स्थानीय मनोज सार्किले भने । दलित समुदायका लागि गरिबीले सताएको छ,बिहान बेलुकी छाक टार्न देखि लिएर बालबालिकालाई अक्षर चिनाउन समेत दैनिक मजदुरी नगरी सुख छैन’, उनले थपे ।
कतिपय बालबालिकाहरु शैक्षिक सामाग्री किन्ने पैसा समेत नपाएर शिक्षा आर्जन गर्नबाट बन्चित रहेका छन् भने कति अभिभाबकसंगै मजदुरीका लागि जाने गर्दछन् । ‘म तेह्र बर्षको भएँ, कक्षा आठमा अध्ययन गर्दछु, मेरो घरमा छ जना परिवार छौ, कसैको पनि रोगजारी छैन, पेटभोरी खानको लागि सबैले आफुसक्दो काम गर्नुपर्दछ त्यसैले म स्कुलजाने इच्छा हुँदाहुँदै पनि बिद्यालय छाडेर बुवा संगै ढुङ्गा फुटाउन जान्छु’, बुद्धि सार्कीले भने ।
दलित समुदायमा बुद्धि सार्की जस्तै पढाई छाडेर मजदुरी गर्ने बालबालिकाहरु धेरै रहेका छन । आर्थिक विपन्नताका कारण कतिपय बालबालिका शिक्षाको अवसरबाट बन्चित छन् ।
बिद्यालयमा पोसाक विना शिक्षकले नआउन भनेपछि रकम अभाबमा सिलाउन नसकेपछि दुईछोरी बिद्यालय नगएको जुफालका हिरबहादुर सार्कीले बताए । एक हप्ता अर्काको मजदुरी गरेर भएपनि छोरीहरुलाई स्कुल पठाउने उनले बताए ।
यसो त पोषणयुक्त खानाको अभाबमा धेरै दलित समुदायका बालबच्चाहरु कुपोषणको सिकार हुने गरेका छन् भने शारीरिक तथा मानसिक बिकासपनि राम्रोसंग हुन सकेको छैन ।
उत्पीडनमा परेका दलित समुदायको बिकासको स्थापना भएका सरकारी तथा गैर सरकारी संस्थाले दलितहरुका लागि केहिपनि गर्न नसकेको दलित अगुवाहरुको आरोप छ ।
डोल्पाका दलितलाई राज्यले उपलब्ध गराएको सेवा सुविधाहरुबाट समेत बन्चित गरिएको र रोजगारीका क्षेत्रहरुमा पनि राजनितिक पँहुचको आधारमा भर्ना गर्ने गरेकाले डोल्पाली दलितहरु युगौँदेखि पछाडि परेको कालिका गाबिसका स्थानिय नन्दलाल बिकले बताए ।
कर्णाली अंञ्चलकै दलित समुदायको प्रतिनिधित्व गरेका दलित संघ केन्द्रिय सदस्य राजिमान सार्कीले डोल्पाका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालयमा दलितका नाममा आउने रकम पारदर्शि हुन नसकेको बताए ।
राज्यले दलित समुदायहरुकालागि बिभिन्न लक्षित कार्यक्रमहरु तय गरेतापनि यस्ता कार्यक्रमहरु डोल्पाली दलित समुदाय सम्म नपुगेको उनको भनाई छ ।
डोल्पामा रहेका दलितहरुमध्ये बीस प्रतिशतमात्र शिक्षाको पहुँचमा रहेको छन् भने अधिकांसको आर्थिक अबस्था नाजुक रहेको छ ।
आर्थिक रुपमा बिपन्न हुनुको प्रभाब दलित चेलिबेटीहरुमा पर्ने गरेको छ । गरिबिले गर्दा छोरीहरुलाई उमेर नपुग्दै पराईको घर पठाउनुपर्ने बाध्यता डोल्पालि दलित समुदायमा बिद्यमान छ ।
परीवारमा खान नपुग्ने भन्दै कतिपय अभिभाबकले उमेर नपुग्दै विहे गराईदिनुपर्ने बाध्यता उनिहरुमा छ ।
नाजुक आर्थिक अवस्था भएकै कारणले दलित समुदायका चेलिहरुले कम उमेरमै बिहेगर्ने गरेको स्थानिय युवा भरुन सार्किले बताए ।
डोल्पामा दलित समुदायहरुमा सुपो खाने प्रथा अझै पनि रहेको छ,दलितहरुलाइ बर्षभोरी काम गराएर पारीश्रमिकको सट्टा तिन चार पाथि अन्न दिएर चित्त बुझाउनु यस प्रथाको बिशेषता हो ।
बाबु बाजेको पुख्र्याैलि सम्पितिको नाममा एक टुक्रा समेत जमिन नभएकाले अरुको काम गरेर जीवन गुजारा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।
सुपो खाने प्रथा श्रम शोषणको बलियो आधार हुँदाहुँदैपनि दुई छाक टार्न श्रमगर्नुपर्ने त्रिपुराकोट गाबिसका स्थानिय सुके सार्किले बताए ।
‘मेरो जग्गा थोरै छ, त्यसले खान पुग्दैन अर्काको हलो जोतेर,बान्नो लगाएर जेनतेन जीबिका चलाउँछु मजदुरी गरेपनि राम्रोसंग खान पुग्दैन् बालबालिकालाई सामान्य किताब,कापि किन्ने पैसापनि नभएकाले चर्को ब्याजमा ऋण लिनु पर्दछ, उनले भने ।’ सामान्य साक्षर गराएर छोरीलाई बिहे गराईदिने र छोरालाई मजदुरीमा लगाउने उनले बताए ।
कतिपय दलित समुदायलाई संबिधान भनेको पनि थाहा छैन, दलित हक अधिकारको बिषयमा पनि मतलब छैन , उनिहरुलाई बिहान बेलुका छाक कसरी टार्ने भन्ने मात्र चिन्ता रहेको छ ।
स्थानीयलाई अरु केहिको चाहना छैन केबल खान लाउनको मात्रै चिन्ता छ । ‘सरकारले केबल खाने लाउने ब्यबस्था माात्र गरिदिए मात्रै पनि हुन्थ्यो’, स्थानयि कमली सार्कीले भनिन् ।
सरकारले दलित समुदायलाई आयआर्जन गर्नको लागि सहुलियतमा ऋण उपलब्ध गराईदिन र दलित बिद्यार्थीहरुकालागि पर्याप्त छात्राबृत्तिको ब्यबस्था गरीदिनु पर्ने उनीहरुको माग छ ।
No comments:
Post a Comment