दलित अगुवा भन्‍छन्- अान्दोलनका उपलब्धी गुम्‍ने खतरा बढ्‍यो

विभेद बिरुद्ध अभियान - २६ फागुन- काठमाडौँ । संविधानमा लेखिएका समावेशी र समानुपातिक मुद्दा कार्यान्वयन नभएको दलित अगुवाहरुले बताएका छन् । विभिन्न चरणमा भएका दलित आन्दोलनबाट प्राप्त उपलब्धीहरुको संस्थागत गर्न फेरि आन्दोलन गर्नुपर्ने दलित अगुवाहरुले एक कार्यक्रममा धारणा राखेका छन् ।

संयुक्त दलित अधिकार मञ्च नेपालले शनिबार राजधानीको संवाद डबलीमा भएको गरेको ‘संघीयतामा दलित मुस्लिम अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका थिए ।नेकपा एमाले निकट उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष जितु गौतमले दलित आन्दोलनका धेरै उपलब्ध संस्थागत भएको बताउँदै त्यसको लागि आन्दोलन जारी राख्नु पर्ने धारणा राखेको अनलाइन डबलीमा खबर छ ।

दलित बुद्धिजीवी डा. निर्मल विश्वकर्माले दलित आन्दोलनका उपलब्धीहरुलाई संविधानमा लेखिएपनि कार्यान्वयन हुन नसकेको बताए । दलित आन्दोलनका उपलब्धी रक्षा र कार्यान्वयनकै लागि आन्दोलन जारी राख्नु पर्ने विश्वकर्माले बताए ।कायक्रम अधिवक्त चक्रमान विश्वकर्माले संविधानमा लेखिएका समावेशी र समानुपातिक एजेण्डाहरु कानुन बनाउदा छुटाइएको कारण कार्यान्वयनमा समस्या देखिएको बताए ।

उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सिके गदाल,मुस्लिम नेता सोवराती मन्सुर,दलित अगुवा सुनिता मरिक,सरु सुनार,शान्ति सुनारलगायतले धारणा राखेका थिए ।कार्यक्रमको अध्यक्षतामा मञ्चका संयोजक लक्ष्मण बर्देवाले गरेका थिए भने संचलान दुर्गा बराइलीले गरेका थिए ।त्यसैगरी सहभागीहरु रामशरण मजकोटी, कृष्ण तारुके, सोचना रामदाम लगायतले धारणा राखेका थिए ।

No comments:

Post a Comment