कपिलवस्तुमा ५३औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाइयो

विभेद बिरुद्ध अभियान ,चैत्र ७ - ‘सबैको घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ ५३औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस बुधबार कपिलवस्तुमा पनि मनाइएको छ ।राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

जातीय विभेदकाविरुद्ध सबैले साझा अभियान बनाएर काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।नेपालमा कानुन भएपनि कार्यान्वयन हुन नसकेको भन्दै अझैपनि दबाबको खाँचो रहेको दलित सामाजिक विकास केन्द्रका अध्यक्ष रामशरण रैदासले बताए ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले सहरमा गोरा जातिको विभेदकाविरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना काला जातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानवअधिकारको हनन् ठहर गर्दै सन् १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् १९७१ मा यो महासन्धिको अनुमोदन गरेको हो ।

No comments:

Post a Comment