तल्लो जाती भएर ठुलो हुन खोज्ने भन्दै कैलालीमा एक युवतीमाथि घरमै आएर निर्घात कुटपिट

विभेद बिरुद्ध अभियान - चैत्र ८ ,कैलालीमा जातिय विभेद तथा छुवाछूत अन्र्तगत पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरकी २२ बर्षिय यशोदा हमाल चौधरी र उनकी सासु ५५ बर्षिय जुगमनी चौधरी बिरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो । बिना कारण आफुलाई जातिय रुपमा डुमेनी, ढोली भन्दै अपशब्द प्रयोग गरि गाली गलौच र कुटपिट गरेको भन्दै स्थानिय २४ बर्षिय सारदा नेपालीले प्रहरीमा जाहेरी दिएकी थिईन । 

कैलाली स्थित बिभिन्न दलित संघ संस्थाहरुको सहयोगमा मुद्दा गरिएको पिडीत सारदा नेपालीकी आफन्त पुजा नेपालीले बताए । जातिय भेदभाव सहित कुटपिट गरेको भन्दै परेको उजुरी उपर आवश्यक छानविन गरि दोसी उपर कानुन वमोजिम कारवाही हुने कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । कानुन भन्दा माथि कोहि पनि नहुने भएकाले जुनसुकै अपराधका दोसीहरु उम्कन नपाउने एसपी घिमिरेको भनाई छ ।

घटना कसरि भयो ?

घटना बुधबार ५३औं जातिय विभेद उन्मुलन दिवश कै दिनको हो । दिउसोतिर छिमेकी चौधरीका बच्चाहरुसंग खेल्न गएकी छोरीलाई सारदा नेपालीले पढ्न छोडेर किन घुम्छेस, किन खेल्छेस भन्दै गाली गरेको देखेपछि आरोपित यशोदा हमाल चौधरीले, ‘तँ डुमेनी बडां ठुली भएकी, हाम्रा अघि ठुला कुरा गर्छेस ? भन्दै गाली बेईजती गर्दै घरमै गई सारदालाई कुटपिट गरेका थिए ।

आरोपित यशोदा र उनकी सासु दुबै मिलेर सारदालाई उनका श्रीमान घरमा नभएको बेला गाली बेईजतीसंगै निर्घात कुटपिट गर्दै गरेको देखेपछि अन्य छिमेकीले सारदालाई बचाएका थिए । कुटाईबाट घाईते सारदालाई हिजै उपचारका लागि घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको थियो । उनको छाती र टाउकोमा चोट लागेको अस्पतालले जनाएको जागरण मिडियामा खबर छ ।

यशोदा हमाल चौधरीका ससुरा रामदिन चौधरीले पनि केहि दिन अघि मात्रै सारदा नेपालीलाई “तिमीहरु तल्लो जाती, डुम ठुलो हुन खोज्ने” भन्दै गाली गालौच गरेर घरमै कुट्न गएका थिए । तर, गाँउलेहरुले यसरि महिलामाथि गाली गलौच गर्न र पिट्न पाईन्न भन्दै उनलाई सारदालाई कुटनबाट बचाएका थिए । रामदिन चौधरी आफु गाँउका भलमन्सा (मुखिया) समेत हुन ।

No comments:

Post a Comment