व्हिलचियर किन्ने पैसा नहुँदा १४ बर्षिय राकेश नेपाली घस्रियर हिड्न बाध्य

विभेद बिरुद्ध अभियान - चैत्र ६    ,  व्हिलचियर किन्ने पैसा नहुँदा १४ बर्षिय बालक राकेश नेपाली काठमाडौको गल्लीगल्लीमा घस्रियर हिड्न बाध्य भएका छन |

खोटाङ घर भएका राकेश नेपालीको यो अवस्था देखेपछी सामाजिक अभियन्ता तथा मानव अधिकार कर्मी दुर्गानाथ दाहालले सहयोगको लागि अनुरोध गरेका छन् | उनले आफ्नो तर्फबाट ५ हजार रुपिया दिने घोषणा पनि गरेका छन् |

खोटाङ महेश्वरीका राकेश जन्मदै अपांग थिए | आफु पढ्नको लागि काठमाण्डौ आएको राकेशले बताए | कसैले पढाई दिन्छु भनेर काठमाण्डौ ल्याएको भएपनि अहिले कसैले नहेरेकाले घरको न घाटको भएर मागेर खानु परेको ५६ बर्षिय आमा फुलमाया नेपालीले बताइन |

काठमाण्डौमा हिडडुल गर्नको लागि खुटामा घाउ नलागोस भनेर बोरा बेरेर घस्रिएर हिड्ने उनलाई गाडिहरुले यो अबस्था देखे पखि गाडि नै नरोक्ने ट्याक्सीले पनि चढाउन गारो मान्छन | धेरै स्कुल पुगे पनि छोराको यो अवस्था देखेपछि अपांग भएका बच्चा पढाउने ठाउमा लिएर जान भन्ने गरेको आमा फुलमायाले गुनासो गरिन् |

छोराको यस्तो अवस्था भएपनि आफुलाई केहि थाहा नभएको बताउने फुलमाया सहयोग गर्ने संघसस्थाको खोजिमा छन् |राज्यका पहुच वालाले राज्य कोषबाट करोडौ रुपिया उपचारको लागी दोहन गरि रहेको बेला पढेर ठुलो मान्छे बन्ने सपना बोकेर काठमाण्डौ आएका असहाय दलित १४ बर्षिय बालकलाई यस्तो अवस्थामा देख्दा दुख लागेको अधिकार कर्मी दुर्गानाथ दाहालले गुनासो गरे | गाँस, बास, कपास, उचित शिक्षा र औषधि उपचार गराई सहयोग गरिदिन उनले अनुरोध गरेका छन् |

सहयोगका लागि सामाजिक अभियन्ता तथा मानव अधिकार कर्मी दुर्गानाथ दाहाल- ९८५१०५९८९२

No comments:

Post a Comment