मलेसियाको सडकबाट उद्धार गरिएका रामबहादुर बिकलाइ चिन्ने कोहि हुनु हुन्छ ?

विभेद बिरुद्ध अभियान - चैत्र ५  , मलेसियाको सडकबाट उद्धार गरिएका रामबहादुर बिकको घरपरिवार पत्ता लगाउनका लागि सहयोग गर्न नेपाली प्रवासी एकता सञ्जालले आव्हान गरेको छ ।

मानसिक सन्तुलन गुमाएजस्ता देखिने रामबहादुरको एक हप्ता अघि मलेसियाको माइग्रेन्ट मिनिष्ट्री पार्टनरसिपले सेलेङ्गोर राज्यस्थित सन वेको सडकबाट उद्धार गरेको थियो । उद्धारका संलग्न हरी बुढाथोकीका अनुसार उनले धेरै रक्सी खाएको तथा कुटपिट गरिएको खुलेको छ ।

मलेसियास्थित नेपाली दूतावास, जिफन्ट र सहजकर्ता सन्तोष चेम्जोङ लगायतले उनलाई नेपालफर्काउन पहल गरिरहेका छन् । तर घर ठेगाना पत्ता लाग्न सकेको छैन । उनी कम्पनीको नाम र आफ्नो पासपोर्टको विवरण समेत बताउन सक्दैनन् । उनको साथमा परिचय खुल्ने कागजात पनि छैन ।

बुवाको नाम रुद्रबहादुर, आमा कोपिला, दाइ हरीबहादुर र भाइ अर्जुन बिक बताउने उनले आफ्नो घर गुल्मीको रुरु गाविस २ मा रहेको जनाएका छन् । आफू तीन महिनादेखि सडकमा रहेको उनले बताए । उनको शरीरभरी निलडाम र खुट्टामा घाउ छ ।ललितपुरको एकान्तकुनामा रहेको नेपाली प्रवासी एकता सञ्जालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रामबहादुरलाई घरसम्म पुर्‍याउने जनाएको छ । उनको परिवारबारे कसैलाई थाहा भए सञ्जालको फोन नम्बर ०१ ५१८५३३८ मा सम्पर्क गर्न सकिनेछ ।

No comments:

Post a Comment