दरिद्र सोंचप्रति मेरो हार्दिक श्रद्धान्जली !!!- गोपाल शिवा

विभेद बिरुद्ध अभियान - फागुन २७ - कथित दलित समुदायलाई दशकौ देखि राज्यले आर्थिक सामाजिक राजनीतिक रुपमा नीतिनियम मार्फ़त खुमचाएको छ । लोकतन्त्र आएँ पनि अझै समाजको ब्यबहार पनि त्यस्तै छ । यस्तो परिस्थितिमा सबै जिम्मेवार बन्नुपर्ने समय हो ख़ासगरि बौद्दिक बर्गहरू समाजलाई बुझेका बुझाऊँने तयतरीक़ा जानेकाहरू।

तर यिनै समाजसेवी ,अनुभवी र समुदायको बारेमा जानेबुझेकाहरू देखि पत्रकारिता गरेका , शिक्षक रहेका , साधारण लेख पढ़ हैंन स्नातक गरेका ‘बुझक्कड’ बनेर सामाजिक संजालमा निरन्तर दरिद्र सोच प्रवाह गरिरहेका छन ।अपाचय हूने शब्द बोलने लेखने मात्र हैंन कथित दलितहरू उत्पीडितहरू मिलने जुटने परिस्थिति विगार्न निरन्तर सामाजिक सञ्जालमा आगो ओकल्दैछन् । आफु पक्षधरतालाई चोख्याउन र अरुलाई अपराधी सिद्ध गर्न जे पायों त्यही बोलेर लागिपरेका छन् ।

थाहा छैन यिनको उदेश्य के हो ? को बाट प्रायोजित हूँन ? विवेक बन्धक राखेर बोलने , ब्यबहार गर्ने सोंच राख्नेहरुले नै सिंगो दलित समुदायको भावनात्मक एकतालाई खल्बल्याईरहेका छन् । अतिवादलाई प्रश्रय दिईरहेका छन् । एक अर्कोमा दोषारोपण गरेर आफु बच्ने ध्याउन्नमा छन् सबै ...आफु मात्र दलित समुदायका सच्चा मसीहा सावित गर्न उद्दत छन । कथित दलित समुदाय यस्तो भनेर बुझाऊँन र गलत सन्देश प्रवाह गर्न उद्दत यस्ता दरिद्र सोंचहरु प्रति मेरो हार्दिक श्रद्धान्जली !!!

No comments:

Post a Comment