सिम्ता गाउँपालिकाका नमुना जोडी राम बहादुर विक र उनकी पत्नी निर्मला विक

विभेद बिरुद्ध अभियान - सुर्खेत ७ चैत्र । वरपरका छिमेकी तथा त्यस वडाका महिला गर्भवती भईन भन्ने खबर पाउनासाथ त्यस ठाउँमा तत्काल पुगिहाल्छन राम बहादुर विक र उनकी पत्नी निर्मला विक । यस्तो अवस्थामा धेरै भारी बोक्नु हुदैन ,पोषिलो खाना खानु पर्छ प्रर्याप्त आराम गर्नुपर्छ भन्दै गर्भअवती महिलालाई सम्झाई हाल्छन्, उनीहरु ।
पहिले पहिले त्यस वडाका मानिसहरु अचम्म मान्दथे यो जोडिले के गरेको होला ? किन गर्भवती महिला चाहार्दै हिडेका होलान् भनेर । कोहि कोहिले त काम नपाएका यि दुई जना किने संगसंगै हिडेका होलान् सम्म पनि भन्न भ्याए तर सबै समाजलाई वास्तविकता पछि थाहा भयो । उनिहरु त नमुना जोडी भएर पो काम गरेका रहेछन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका ५ का वडा स्तरीय महिला सञ्जालले निर्माण गरेर समुदायमा महिलाको प्रजनन स्वास्थ गर्भअवस्थामा हुने समस्याको बारेमा चेतना फैलाउने नमुना जोडी अहिले पनि उत्तिकै क्रियाशीलताका साथ काम गरिरहेको छ ।
उनीहरु विगत २ वर्षदेखि सिम्ता गाउँपालिका वडा नम्बर ५ आलीमा गर्भावस्था तथा सुनौला हजार दिनका आमाहरुको स्वास्थ्य र गुणस्तरीय पोषणयुक्त खानेकुराको बारेमा चेतना फैलाउदै हिडेका छन् । ग्रामीणस्तरका कैयन गर्भवती महिला र परिवारका सदस्यलाई गर्भाअवस्थामा कस्तो खानेकुरा खुवाउनु पर्छ के के स्याहार गर्नुपर्छ भन्ने कुराको जानकारी नहुदाँ दिर्घकालिन रुपमा आमा र बच्चाको स्वास्थ नराम्रो हुने र ज्यानै समेत जाने गरेको पाईएकाले आफुहरुले यसमा चेतना फैलाउन नमुना जोडी मार्फत यो अभियानमा लागेको जोडीले बताए ।

दलित महिला चेतना केन्द्र (ड्वाक) संस्थामा आवद्ध भएपछि रामबहादुर र निर्मलाको जोडिले महिला किशोरी तथा बालअधिकारको क्षेत्रमा अविछिन्न रुपमा पैरवी गरिरहेका छन् । सुत्केरी तथा गर्भवती महिलालाई आफ्नै घरमा सागपात तथा अन्य खाद्यवस्तु उत्पादन गरेर खान परिवारका सदस्यलाई सल्लाह सुझाव दिदै हिडेका छन । त्यतिमात्र नभएर उनीहरुको अभियान अन्र्तगत लक्षित वर्ग भनेर भर्खरै बिवाह गर्ने जोडिहरुलाई समेत भविष्यमा आउने चुनौतीका बारेमा समेत परामर्श दिदै आएका छन् ।

गएको केही महिना अघि दलित महिला चेतना केन्द्र ड्वाकको सहयोगमा उनीहरुले आफ्नो वडामा गर्भवती र सुत्केरी अवस्थामा आमालाई के के खान उपयुक्त हुन्छ भनेर पोषण मेला समेत गरेको नयाँ नेपाललाई जानकारी दिए । स्थानीयस्तरमा उत्पादन हने अर्गानिक पोषणयुक्त खाद्यवस्तु प्रदर्शन गरेको र उक्त मेलामा धेरै गर्भवती, सुत्केरी महिला तथा परिवारका सदस्यले सहभागिता जनाएको उनीहरुको भनाई छ । पहिले शुरु शुरुमा अभियान चलाएर हिड्दा गाउँघर समाजले कुरा काट्थे ।

विक दम्पतिले राजनीति गर्न लागे भनेर विभिन्न आरोप लगाउथे तर अहिले आफ्नो जोडीलाई जहाँ गएपनि स्वागत र ईज्जत गर्छन् कुराकानीका क्रममा उनीहरुले बताए ।  अहिले आफुहरुको जस्तै अरु दम्पतिहरु पनि संगैसंगै हिड्ने एक अर्कालाई सहयोग गर्ने गरेको उनिहरुको भनाई छ ।

No comments:

Post a Comment