जातीय बिभेद बिरुद्द साझा अभियानद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

विभेद बिरुद्ध अभियान - चैत्र ८ - काठमाडौँ — जातीय विभेद विरुद्ध साझा अभियान-नेपाल काठमाडौंले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस-२०१८ मार्च २१ को अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा बृहत् रक्तदान कार्यक्रम गरेको छ।" हामिलाई निच तल्लाे जाति भनेर घृणा नगर्नुहाेस " रगत दिएर  जीवनदान गर्न तयार छौ भन्ने मुल नारा को साथ सम्पन्न रक्तदान कार्यक्रममा ३० भन्दा बढीले रगतदान गरेका थिए। नेपाली समाजमा बिद्यामान रहेको जातीय विभेद अन्त्य गर्न युवाहरु एक भएर सामाजिक बिकृति र छुवाछूतबिरुद्ध एक भएर अगाडि बढ्नु पर्ने सन्देश कार्यक्रम गरिएको अभियान्त दिपेश बिसुङ्केले जानकारी दिए।

संगठन अध्यक्ष दिपक सुन्दास (जीवन परियार ) ले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गरे  ।  आयोजकका अनुसार समाजमा ब्याप्त सामाजिक कु-संस्कार र कुरिती भित्र जातीय बिभेद पनि एक ठुलो समस्याको रुपमा लिइन्छ फलत् हामी युवा एकजुट हुनुपर्छ र समाजलाई परिवर्तनको शिखर पुर्याउनु पर्छ भन्ने धारणाको साथ दलित तथा गैर दलित साथीहरुको सहभागीतामा यो कार्यक्रम भब्य र सब्य ढंगबाट सम्पन्न भएको छ।यस कार्यक्रमको प्रमुख नेतृत्व अभियानका नबिन सेतिसंखर,सन्जिब बिस्वकर्मा,मिना घतानी,विवेक खाती ,उप अध्यक्ष सन्तोष सुनाम ,सचीव राजकुमार परियार ,उप-सचीव अमृत सुनार ,कोषाध्यक्ष चन्द्र सिंह परियार ,उपकोषाध्यक्ष तिलक सुनाम,आम सन्चार डिजिटल मिडिया प्राचार प्रसार पदम बिस्वकर्मा ले गरेका थिए ।

त्यस्तै गरि  जातीय बिभेद बिरुद्द साझा अभियानले हिजै मात्र  प्रदेश नम्बर १ मा संगठन उप-अध्यक्ष सन्तोष सुनामको अध्यक्षतामा समाजका बुद्दीजिबी,समाजसेवी,प्रहरी,उधमी,बिधार्थी लगायतका उपस्थितिमा सम्पन्न कार्यक्रम सङै प्रदेश नम्बर को कमिटी निर्माण पनि स्थापना भएको र अब छिटै देश विदेशमा संगठन निर्माण गरिने जानकारी संगठनका अध्यक्ष दिपक सुन्दास (जीवन परियार ) ले विभेद बिरुद्ध अभियानलाइ जानकारी दिएका छन्    ।

No comments:

Post a Comment