विभेद बिरुद्ध अभियान ,फागुन २९ गते- आज भन्दा ५३ बर्ष पहिले नेपाल राज्यले पहिलो पटक जातीय भेदभाव दण्डनिय भएको कुरा मुलुकि ऐनमा जारी गरयो । तत् पश्चात निरन्तर रुपमा राष्ट्रिय र अन्तराष्ट्रियरुपमा सरकारले यसका विरुद्ध विभिन्न निति नियम निर्माण गर्ने, हस्ताक्षर गर्ने, प्रतिवद्धता गर्ने र अनुमोदन गर्ने कार्य गर्दै आयो तर सफलता भने आज पनि केवल बिसतिस प्रतिशतमात्र हात लागेको छ । देशमा २०६३ सालको अन्तरिम सरकारले देशनै छुवाछूतमुक्त घोषणा गरयो, त्यस पश्चात २०६८ सालमा जातीय भेदभाव र छुवाछूत विरुद्ध कसुर र सजाय ऐन पनि ल्यायो तर पनि यी सबै अधिकांश स्तरमा केवल कागजको घोडामात्र सिमित भएको छ । सरकारले जतिसुकै निति नियम लाए पनि, संविधानको प्रस्तावनामै उल्लेख भएपनि यस्ता कुराहरुको पालना गर्ने, लागुगर्ने र परिचालन गर्ने निकाय, सयन्त्र तथा पदाधिकारीहरु निश्क्रिय हुदा वा उनिहरुको त्यसमा ध्यान आर्कषण नहुदा यो सवालले सरकारी र नागरिक समाजबाट महत्व र प्राथमिकता पाउन सकेको छैन । फलस्वरुप आज देशमा गणतन्त्र छ, सर्वहाराको मुक्तीको आन्दोलन कमाण्डर प्रधानमन्त्री हुनु हुन्छ तर सप्तरीको मलेकपुरमा डोमजातीका मान्छेहरु सार्वजनिक होटेलमा समेत चिया बाहिर बसेर खानु पर्छ, गिलास माझनु पर्छ, विद्यालयमा डोमजातीका बच्चालाई दुव्र्यवहार गरिन्छ, मान्छेहरु डोमहरुलाई आफ्नो आगनमा टेक्न दिदैनन, कतिपय गाँउमा दलितहरुलाई सार्वजनिक मन्दिरमा पुजा गर्न बर्जित छ, अन्र्तजातिय विवाह कल्पना वाहिरको कुरा छ, दलित (डोम) विद्यार्थीहरु राजविराज जस्तो ठाँउमा पनि डेरा पाउदैनन । त्यसैले जातीय भेदभाव अझै ९० प्रतिशत छ केवल १० प्रतिशत मात्र हटेको छ भन्दा अतियोक्ति नहोला । निश्चितरुपमा जातीय भेदभावको स्वरुप र तरिका हिजोभन्दा आज घटेको छ, हटेको छ तर आजपनि म ठूलो जातको व्यक्ति हु, त तल्लो जात होस, तेरो र मेरो तुलना हुनै सक्दैन भन्ने धारणा कतिपय अशिक्षित, पुरातन कट्टरपन्तीमा मात्र होईन पढेलेखेका र बुद्धिजिवि कहलाईएकाहरुमा पनि व्यापक मात्रामा छ । त्यसैले यो जातीय भेदभाव अन्त्य नहुनुमा जति ग्रामिण अशिक्षित, कट्टरपन्ती, रुढिवादी बिचारवादी र पुरानो पुस्ताका मान्छेहरु जिम्मेवार छन, त्यतीनै जिम्मेवार आज ठूलो ठूलो ओहदा, पद र जिम्मेवारमा रहेका अधिकांश नेता, कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी, अधिकारवादी लगायत अन्य नागरिक समाज र बुद्धिजिवि कहलाइएका, शहरबजारमा बस्दै आफुलाई सभ्य ठान्नेहरु पनि छन । किनभने देशले ल्याएको सोच, मान्यता र ऐन तथा नितिनियमहरुको सही ढंगले पालना गर्ने, त्यसको परिचालन गर्ने र सही र गलतलाई विश्लेषण गर्दै पिडितलाई न्याय र पिडकलाई हतोत्साहित गर्ने दायित्व सचेत र जिम्मेवार नागरिकमा हुन्छ तर घरमुली नै विग्रिएपछि बालकको के दोष भने झै जिम्मेवार र सार्वजनिक दायित्व बोकेकाहरुको नै व्यवहार विरोधाभाषपूर्ण छ भने अरु कस्को नै के लाग्छ र । निश्चितरुपमा निधाँएर सुतेकालाई बिउझाउन सजिलो छ तर स्वाङ्ग गरेर सुतेकालाई बुझाउन अति कठिन छ, त्यसैले अव संवेदशिल भएर जातीय भेदभाव अन्त्यको सवालमा वा सन्र्दभमा आफुले निभाएका जिम्मेवारी र सोचहरु ठिक छन कि छैनन समिक्षा गर्न जरुरी छ अन्यथा आज नयाँपुस्ताले पुरानो पुस्तालाई जातीय भेदभावको कुरा उठना वित्तिकै यो गल्तीको दोष पुरानो पुस्तालाई दिने मात्र होईन नयाँ सभ्य समाजको निर्माणको लागि पुरानो पुस्ताको चाँडो मरणको कामना समेत गर्छन। त्यसैले अझै ढिलो गरेमा आजको यो पुस्तालाई पनि भविष्यको पुस्ताले आउटडेटड, एक्सपाइरी पुस्ता भन्दै सभ्य समाजको परिकल्पनामा हाम्रो पनि छिटो अन्त्यको कामना नगर्लान भन्न सकिदैन । त्यसैले समाजमा आफुलाई सदैव जिम्मेवार नागरिक, नेता, राष्ट्रसेवक र देशभक्तको चिनाउनेहरुले जतीसक्दो चाँडो आफ्नो भनाई र गराई बिचको दुरी समाप्त गर्न निकै जरुरी छ ।
जातपातको आधारमा भेदभावको अभ्यास गर्ने वा यो प्रथालाई गलत प्रथाको रुपमा नस्वीकार्ने व्यक्तिले स्वभाविक आफुलाई म पूर्णरुपमा शिक्षा प्रेमी, प्रकृति प्रेमी, न्यायप्रेमी, आर्दशवादी, समाजवादी, साम्यवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी, राष्ट्रवादी, मानव अधिकारवादी, सत्यवादी, सदाचारी, निश्पक्ष, निस्वार्थ, आध्यात्मिक र धार्मिक व्यक्ति हु भन्न सक्ने आधार कमजोर धरातलमा निर्माण गरेको छ भनेर भन्न सकिन्छ । यदि कसैले पनि आफुलाई माथि उल्लेखित विशेषताहरु मध्ये कुनै एक पनि विशेषता भएको व्यक्ति हु भनि दावी गर्छ तर उस्को व्यवहार र सोचले जातीय भेदभावलाई गम्भीर गलती वा भुल ठान्दैन भने आफुलाई उपरोक्त पगरीले गुथ्नु वा त्यस्को अनुयायी मान्नुलाई केवल जग विनाको उभिएको प्रखाल हो भन्दा त्यति फरक नपर्ला । जग विनाको प्रखाल एक प्रखालको रुपमा उभिएको हुन्छ र उस्को चिनारी पनि त्यै किसिमको हुन्छ तर उ उभिएको सतह खुकुलो र कमजोर हुन्छ अर्थात उ देख्नमा पाकेको फल जस्तै देखिन्छ तर छोडाउदा अमिलो र काँचो हुन्छ ।
निश्चितरुपमा माथी उल्लेखित जे जती पनि विशेषता वा मान्यता छन, यदि तिनहरुको गहरिएर अध्ययन गर्ने हो भने ति कुनै पनि मान्यताले ः आफुलाई अरु भन्दा एक ईन्च पनि ठुलो ठान्नु वा मान्नु, अरुलाई भेदभाव गर्नु, घृणा गर्नु वा अरुको मनमा चोट पु¥याउनु जस्ता प्रवृति वा सोचलाई पूर्णरुपमा निषेध गरेको छ अर्थात गलत ठानेको छ, त्यसैले जातीय भेदभावको अभ्यास भित्र भरिएका यी सबै नकारात्मक प्रवृतिहरु उपरोक्त मान्यता वा दर्शनका विपरित पाटो हुन । अतयव अव आफै विश्लेषण गर्नुस कि उदाहरणको रुपमा कसैले आफुलाई राष्ट्रवादीको पहिचान दिन्छ तर राष्ट्रवादको सिद्धान्ततह गलत ठहरिने जातीय भेदभाव पनि अंगाल्छ भने कसरी उ असली राष्ट्रवादी हुन सक्छ उत केवल पाकेको फलभित्रको काँचो रुप भएन र ? यो अन्य सबैमा पनि लागु हुन्छ जस्तै कोही आफुलाई धार्मिक ठान्छ किनभने उ कुनै धर्मको सच्चा अनुयायी हो । धर्मको सच्चा अनुयायीले धर्मको सार बुझन अनिवार्य छ, सन्त कविर दास भन्छन कि संसारका सबै धर्मको सारतत्व बुझने हो भने सबै धर्मले केवल माया, प्रेम, सत्य अनि अनुशासनमा बस्न सिकाउछ तर के त्यसो भए जातीय भेदभावमा माया, प्रेम, सत्य अनि अनुशासन छ त ? यदी छैन भने जातीय भेदभाव गर्ने व्यक्ति अधार्मिक भएन र ? के उस्ले पनि आफुलाई कमजोर धरातलमा धार्मिक व्यक्तित्वको पहिचान ठडाएको छैन र ?
त्यसैले आजको युगमा कसैले पनि आफुलाई माथी उल्लेखित मान्यताको अनुयायी वा प्रसंशक सोच्छ वा ठान्छ भने जातीय भेदभाव जस्तो अमानविय र अवैज्ञानिक कार्य तुरुन्तै छोडन आवश्यक छ । जस्ले आफुलाई यो गलत प्रथाबाट टाँढा राख्न सक्यो उ निर्विवाद, निर्विकल्प, निसंकोच एक सच्चा मानव अधिकारवादी, सत्यवादी, समाजवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी, राष्ट्रवादी वा आध्यात्मवादीको कोटीमा जरुर आउछ र सदैव आउने छ ।
No comments:
Post a Comment