विभेद बिरुद्ध अभियान , फागुन २० । विद्वानहरुले धर्मलाई परिभाषित अनेकौ कसीमा राखेर गर्छन होला । संस्कृतको ‘धृ’ धातुबाट बनेको धर्म को अर्थ धारण गर्नु हो भन्दै पढेको भए पनि परिभाषित गर्नु कठिन मानिएको धर्मका बारेमा मलाइ चै धर्म भनेको जीवन दर्शन र जीवन प्रक्रिया हो भन्ने लाग्छ । तपाई हामिले जुन जीवन शैली र दर्शनलाई धारण गरिन्छ त्यो नै धर्म हो भने लाग्छ । मेरो बुझाईको निचोडमा धर्म भनेको एउटा मानिसले जुन विचार, आचरण र धारणा धारण गर्छ त्यो नै हो । मानिसले धारण गर्ने यहि विचार, आचरण र धारणाले गर्दा आज मानव समाजमा अनेक धार्मिक आस्था विकास भएको हो ।आज कनिकुथी मैले देखेका यस्तै आस्था जो स्खलित भएका छन तिनको बारेमा केहि लेख्ने जमर्को गरेको छु । यो जमर्को गरनुको अर्थ कुनै धर्मको विरोध गर्ने र कुनै एउटै धर्मलाई आफनो ठानेर अरूलाई दोस्रो दर्जामा राखने मनसाय भने होइन । यधपी लेखाइमा कहिँ कतै त्यस्तो आशय झल्किन सक्छ ,कतिलाई मन नपर्ला, आफ्नो बिचार मात्र राखेको हो मैले त,कस्तो छ प्रतिक्रिया दिनुहोला ।
मेरा एक जना बास्कोटा थरका मित्र थिए । तिनको आमा बिबाह गर्नु अघि नै आफन्तको पछी पछी लागेर इसाई धर्मको अनुयायी बन्ने उद्देश्य बोकेर केही समय राजधानी आएकी रहेछिन । राजधानी छिरेका उनी बर्ष दिन सम्म प्रभुकै शरणमा यतै बसिछंन । महिनौ लामो प्रभु पाठ सिकेर उनी प्रशिक्षकका रुपमा गाउँ झरेकै साल उनका पिता संग बिबाह भएको रहेछ । अन्नत उनले आफ्नो श्रीमानलाइ पनि केहि महिनामा इसाई धर्मको अनुयायी बनाउन सफल भैछिंन । त्यस पछी उनले गाउँमा इसाई धर्ममा प्रवेश गराउनका लागि गाउका दलित , गरिबलाइ खोजि खोजि फरक फरक समूह बनाएर प्रभुकै शरणमा ल्याउन अथक प्रयास गरिरहिन । धर्म परिवर्तन गराउने लाइ कडा सजाय हुने पंचायती ब्यबस्थाताका तिनको अभियानमा त्यसबेला बाधा आयो जब यिनकी जेठी छोरीको १० बर्षको उमेरमा निधन भयो । छोरीको लासलाइ जंगलमा खाल्डो खनेर पुरेर आएका बास्कोटाको घरमा साझ केहि मानिस जम्मा भएर नाचागाना सुरु गरे । गाउले सवै चकित भए । एक कान दुइ कान हुदै कुरा स्थानीय प्रशाशन सम्म पुग्यो । भोलि पल्टै एक दर्जन प्रहरी आएर घर घेरे ।घर बाट बाइबलका करारहरू र अनेकौ पर्चा भेट्यो । बास्कोटा दम्पतिलाई गाइ खाने धर्म लिने भन्दै प्रहरीले कुट्दै कुट्दै लग्यो । केहि बर्ष जेलमा परे पछी दुवै छुटे । जब दुवै जना घर फर्किए ,फर्किदा दम्पति दुइ किनारा भई सकेका रैछन ।स्वस्फुर्त बुझेर आस्था लागेको भएर श्रीमतीले सवै कुरा त्याग्न सक्ने तर इसाई धर्म हो छोड्न नसक्ने कुरामा अडिक रहिछन ।यता श्रीमतीको भावनामा आफ्नो आस्था घोलेका श्रीमानलाइ दिन रात प्रहरीले याताना दिदा श्रीमानको इसाई धर्मको आस्था भने जेलमै स्खलित भै सकेको रहेछ ।त्यस पछी बास्कोटा दम्पति एकै घरमा अलग अलग भएर बसे , घर नर्क जस्तो भो , भएका सम्पति देखि सन्तान भाग लागे । एउटाले अर्कोलाइ फलानो झुठो हो आफु सत्य हो भन्दै स्वार्थ ओकलिराहे ।बर्षौ यसरि नै एकअर्का लाइ गलत सावित गर्दै बित्ताए ।
मेरा आफन्त राजधानीको एउटा कुनामा कोठा भाडामा लिएर ब्यबसाय गरेर बस्नु हुन्थियो ।सन्तान जति सवै बाहिर कमाउन गएका र भएका नि तराई तिर घरमा । वृद दम्पतिलाई खै कसले प्रलाेभन देखाएछ कुनी एकाएक धर्म परिवर्तन गर्नु भयो । धर्म परिवर्तन संगै वहाहरुको विचार, आचरण र धारणा पनि परिवर्तन भएछ सायद त्यहि भएर हामि संगको भेटघाट पातलिदै गयो , आउजाउ कम हुदै गयो। हामि कहा हुने पूजाआजामा उहाँहरुलाई जति निम्ता गरे पनि आउनु भएँन , हामीलाई सैतान भन्ने संज्ञा दिदै उहाँहरुले आँफूहरुलाई प्रभुका सन्तान भन्दै व्यवहार देखाई रहनु भयो, प्रभु नै महान हुनुहुन्छ भनि रहनु भयो।समय क्रम बित्दै गयो ।पछिला दिनमा पेटको अल्सरबाट गाजिनु भएको श्रीमानलाइ अस्पताल भन्दा पनि इसाई धर्मका अनुयायीले प्राथना गर्दिने र निको हुने प्रभुको शरण चर्चमा धेरै धाउन थाल्नु भयो ।असहजता बढ्दै गए पछी अस्पतालमा पुग्नु भएको श्रीमानलाई उपचार सम्भव नहुने बताए। डाक्टरले बिरामी लाइ घर लैजान सल्लाहा दिए। राजधानीको महंगाई संगै दिनचर्या बिताउनु भन्दा तराईमा रहेको घर लाने निर्णय भयो र लगियो ।सिकिस्त श्रीमानले केहि दिन देखि हिडडुल , बोल्न , खान छाड्नु भयो । त्यो अन्तिम अवस्थामा भेट्न आउने गाउँका गाउँले र आफन्त पनि घरमा वृद्ब दम्पति बाहेक सवै सन्तान हिन्दु आस्थामा रहेको थाहा पाए पछि मृत्युपछि संस्कारका विषयमा चिन्तित देखिए । गाउँले र आफन्तको सम्झाई बुझाइ पछी अन्तिम अवस्थामा गाउँले र आफन्तले पुरानै रित बमोजिम बैतरणी गर्दिन पाए प्राण जान सहज हुन्थियो कि भन्ने प्रस्ताब गरे पछी अन्ततः कट्टर भएर इसाई धर्ममा लागेका वृद दम्पतिले गाईको बाच्छीको पुछचर छुदै फेरी हिन्दु धर्ममा फर्किने र बैतरणी गर्ने काम एकै साथ गरेर धर्म त्याग गरे ।वैज्ञानिक कारण अहिले सम्म नसुनेको भए पनि संयोग ले बैतरणी गरेको केहि दिन पछी श्रीमानको निधन भयो । आस्था तोडदै हिन्दु धर्ममा फर्किनु भएको श्रीमती पनि केहि बर्ष अघि बित्नु भयो । जीवनको आधा समय प्रभु प्रभु भन्दै बिताएको आस्था,विचार, आचरण र धारणा अन्तिम समयमा यसरि स्खलित भयो ।
हाम्रो गाउ भन्दा केहि पर धादिंग तिर घर भएका एक जना बिस्वकर्मा थरका एक दाइ हुनु हुन्छ । तिन छोरी र दुइ छोरा सन्तान रहेका यी दाइले आफु संग भएको सानो पुँजीले गाउ देखी राजधानी सम्म होटल खोल्ने , मासु पसल खोल्ने , किराना पसल खोल्ने गरेछन । जात थाहा पाए पछी कामीको पसल भनेर हेलोहोचो गर्ने , घरबेटीले नै कोठा खालि गर्न लाउने गर्न थाले पछी यस्ता ब्यबहार बाट आजित भएर अहिले जग्गा भाडामा लिएर बस्न थालेका छन। कथित माथिल्ला जातकाले आफुले गरेको ब्यापार ब्यबसाय स्वीकार नगर्ने यिनको पिडामा हिजो गाउमा हुदा बिहेको भोजभतेरमा छुट्टै बस्न लगाएर अपमानित गरेको , धारा, कुवामा पानी छोईन्छ भन्दै पानी भर्न नदिएको , मन्दिरहरूमा प्रवेश नदिएको एव पूजा गर्न र प्रसाद चढाउन नपाएका विभेदहरूका परिदृश्यहरु एक पछी अर्को गर्दै मनमस्तिष्कमा मन्थन भए पछी हृदय विदारक सामाजिक भेदभावको पिडा बाट मुक्ति पाउन राई थरकि एक महिला अनुयायीको पछी लागेर प्रभुको शरणमा पुगेछन । तर तिनै राई थरकी महिलाले सार्वजनिक रुपमा केहि बर्ष अघि तिनै चर्चमा अनुयायीहरुका माझ बिहेको प्रसंगमा कुरा चल्दा बिस्वकर्मा भाइ कि छोरी त् मन पर्यो तर के गर्नु जात न मिलेर बुहारी बनाउन नि सकिएन भनिछन । जातभात छुवाछुत विभेद हुदैन भन्दै चर्च सम्म पुराउनेको अभिव्यक्तिले अहीले उनको आस्था यसरि स्खलित भएको छ कि उनलाई अब धर्म र यिनका धर्म गुरु भनिने ठेग्दार प्रति धेरै वितृष्णा भएको छ भन्छन ।
मार्क्सले धर्म भनेको अफिम हो, यसले कतिपयलाई लठ्याउछ भन्ने सुनेको मान्यतामा टेकेर हिडेको म बबुरोलाई यस्तै केहि घटनाको साक्षि बने देखि माथिका यी पात्रहरु लाइ धर्मको अफिमको नशा लागेको हो त् भन्ने सोधाइको प्रश्न मन भरि बुइत्याइदिएको छ। हुन् त् आधुनिक युगमा अतिबादी सोच राखेर कोही कहि पनि पुगिदैन, त्यसैले आ आफ्नो जीवन जिउने अधिकार सबैको छ र आफैले चाहेको धर्म आफुले मान्न पाउनु पर्छ ।हरेक नेपाली,हरेक धर्म र हरेक जातिले उतिकै रुपमा आफ्नो भन्न पाउनु पर्छ।सबैले स्वतन्त्र महशुस गर्न पाउनु पर्छ। तपाई आफ्नो धर्म प्रति गहिरो आस्था राख्नुहोस वा गर्ब गर्नुहोस त्यो तपाइको नैतिक अधिकार हो ।तर हामी चाहे जुन सुकै र जति सुकै राम्रो आस्थालाई बिश्बास गरौं या अपनाऔं ,सत्य र साँचों कुरा बुझेर आस्था राखौ , कुनै लोभ देखाएर प्रलोभनमा पारेर कसैलाई आस्था बदल्न आकृष्ट नगरौ ।किनकि आस्थाको अस्तीत्व समर्पण भावमा हुन्छ र धर्म परीबर्तन गरेर केहि पनि पाउन सक्दैनौ । भलै क्षणभरको आत्मा सन्तुस्टी पाउला तर जब कसैको आस्था पूरै टुट्छ, तब त्यही क्षणमा ऊ भित्र प्रारम्भ हुन्छ आस्थाहरु स्खलित हुन ,आशा र भरोसा टुट्न । अत धर्मका बारेमा बुझेर प्रब्रजित हुन जाउ ।आफ्ना आस्था भित्र कहाँ, के, कसरि र कस बाट कमि कमजोरी भो त्यसलाई सुधार गरेर बिकाश गरौ ।
No comments:
Post a Comment