सांसद दुलारी देवी हरिजन प्रति हार्दिक श्रद्धाञ्जलि

विभेद बिरुद्ध अभियान -११  चैत, काठमाडौँ –२०५२ सालबाट नेकपा (एमाले) मा सक्रिय नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज दिउसो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको थियो  । उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएका सांसद देवीको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो  र अध्यक्ष झलनाथ खनाल माधव नेपाल सहित नेताले श्रद्धाञ्जलि दिएका थिए । दाहसंस्कारअघि एमालेका केन्द्रीय सदस्य रवीन्द्र बैठा र जिल्ला अध्यक्ष रेवती पन्तले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

 एमालेबाट दलित कोटामा  समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी दुलारी देवी यही चैत ३ गते सीमावर्ती भारतको सीतामढी जाँदा एक साताअघि दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । उनको उपचारकै क्रममा बिहीबार काठमाडौंमा निधन भएको थियो । 

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा केही समय राखेपछि अपराह्न हेलिकप्टरबाट उनको घर ब्रह्मपुरीमा पुर्‍याइएको थियो ।  दुलारी देवीको निधनले पार्टीलाई क्षति पुगेको एमालेका नेताहरूले बताएका छन् । सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उनका पति, दुई छोरा र दुई छोरी छन् । 

No comments:

Post a Comment