कुपोषणले ग्रस्त ६ वर्षीय ओममाया मिजार उपचारको खोजीमा

विभेद विरुद्ध अभियान - ३० फागुन,धादिङ –धादिङको नीलकण्ठ नगरपालिका २ तिनघरेका ओममाया मिजार कुपोषणले ग्रस्त छिन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड र छाला मात्र देखिन्छ । उनको घरमा पोषणयुक्त खानेकुरा त परै जाओस्  दैनिक छाक टार्ने खानेकुरा पनि छैन ।
ओममायाकी आमा जुठि मिजार भन्छिन् अभाव र गरिबीमा जिउनु परेको छ । एक छाक टार्नका लागि धौधौँ भएको छ । बच्चाहरु कुपोषणको सिकार हुनु परेको छ । जुठि मिजार आर्फै पनि स्वस्थ छैनन् । ५ सन्तानकी आमा उनी उमेरले भर्खर २६ वर्ष मात्र भइन् । उनी फेरि अर्को सन्तान जन्माउने तरखरमा छिन् । ओम मायाको अहिले उमेर अनुसारको न त तौल छ न त उचाई नै । उनी मात्र होईन धादिङ जिल्लाभर करिव एक सयको हाराहारीमा यस्ता प्रकृतीका कुपोषित बालबालिकाहरु छन् ।आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उनको परिवारले उनलाई अस्पताल लगेर उपचार गर्ने खर्र्च समेत जुटाउन नसकेपछि उनी अहिले मृत्युको पर्खाइमा छिन् । मिजार परिवारको घरमा अहिले खाने कुराको समेत अभाव परेको विहान बेलुकीको खाना दिउँसो मध्यन्नमा एक पटक खाने गर्दछन् । साँखु तिन घरेका सबै दतिल परिवारमा अहिले यस्तै समस्याले पिरोली रहेको  पवेली न्युजमा खबर छ ।
  पर्याप्त पोषिलोे खाने कुराका अभावका कारण कुपोषणको शिकार बनेका बालवालिकाहरुको अवस्था  धादिङ जिल्लामा झनै दयनीय रहेको छ । विशेष गरी चेपाङ्ग , दलित र समाजबाट पछाडी पारिएका न्युन आय भएका पारिवारका बालबालिकाहरु कुपोषणको शिकार बनेका छन् ।  जस्का कारण जिल्लामा सरकारी र गैर सरकारी संस्थाहरुले संचालन गरेका पोषण सम्वन्धि कार्यक्रमहरु समेत प्रभाव हिन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ हजार ६ सय ८२ जना बालबालिकाहरुमा गरिएको पोषण सम्वन्धि सर्बोक्षण अनुसार प्रशस्त मात्रामा कुपोषणको सिकार भएका बालबालिकाहरु रहेको बताइएको छ ।  कार्यालयका अनुसार कडा र मध्यम खाले गरी करिव सात सयको हाराहारीमा बालाबालिकाहरु कुपोषित रहेका छन् । यस्ता बालबालिकाहरुलाई नत सरकारको षोषण सम्वन्धि कार्ययक्रमले छुन सकेको छ न त कुनै गैर सरकारी संस्थाले बालबालिकाहरुको नाममा गरिने पोषण सम्वन्धि कार्यक्रमले नै छोएको छ । सरकारले दिने दिएको कुनै पनि सहयोग नपाएको गुनासो गर्दै  साँखुका मीजार समुदायका मानिसहरु आफुहरुलाई दलित भएका कारण उपेक्षा गरिएको आरोप समेत लगाएका छन् ।
   भुकम्प पश्चात त धादिङ जिल्लामा दर्जनौँ गैर सरकारी संस्थाहरुले पोषण सम्वन्धि कार्यक्रमहरु संचालन गर्दै आएका छन् । धादिङका दलित समुदायका बालाबालिकाहरुले सरकारले पाँच वर्र्ष भन्दा मुनिका बालबालिकाहरुलाई दिने कुनै पनि सेवा सुीवधाहरु पाएका छैनन् । जिल्लाभर करिव ३६ हजारको हाराहारीमा पाँच वर्ष मुनीका बालबालिकाहरु रहेका छन् ।

No comments:

Post a Comment