यस्तै दोहोरो तेहेरो मारमा परेर केही महिनाअघि अर्थात गत मंसिर २० गते स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रेपलाञ्चोक सानो वाङथली ७ की ३२ वर्षिया लक्ष्मी परियारको मृत्यु भयो । यो घटनामा मृतक लक्ष्मी परियार लैंगिक हिँसा,दलित महिला भएकै कारण समाज र राज्य बाट पिडा भोगन बाध्य , घरेलु हिँसा देखि महिलाले नै महिलालाई अत्याचार गरेको ज्वलन्त नमुना भयो ।लक्ष्मी परियार माथि हामीले सोच्नै नसक्ने खालका जुन घटना भयो त्यस बाट पनि नेपालमा दलित समुदायका महिलाहरूको अवस्था र भविष्य कस्तो रहेछ भन्ने बस्तुस्थिति उजागार गरेको छ । हिजोआज दलित समुदायका महिलाहरू माथि हुने ज्यादतीका यस्ता घटना नसुनिएको कुनै दिन नै छैन भन्दा पनि हुन्छ। यो नेपाली समाजको लागि त नराम्रो कुरा हो नै, अझ विश्वमा पनि नेपालको बदनाम गर्ने विषय पनि हो।
त्यस्तै गत फागुन ३ गते साँझ ५ः३० बजेको अवधिमा आमा–बुबालाई पालैसँग फोन गरेर 'मलाई मार्ने भए, भाडा पठाइदिनू बुबा, म त्यहीँ आउँछु' भन्दै सुजन तामाङ संग अन्तरजातीय विवाह गरेकी माया विक त्यहि साझ आफ्नै डेरामा झुन्डीएको अवस्थामा फेला परिन ।कालोपुलमा डेरा गरी बस्दै आएका सुजनले मायालाई आफ्नै डेरामा झुन्डिएको भन्दै मृत अवस्थामा टिचिङ अस्पताल पुर्याए। घटनाको अनुसनधान अझै जारि छ ।
हिजो मात्र हेटौंडा ६ चौघडास्थित राईटोलमा ज्याला मजदुरी गरी दुई छोरी पाल्दै भाडाको कोठामा बस्दै आएकी ३५ सुमित्रा सार्की लाइ छरछिमेकले दलित भएको थाहा भएपछि सार्वजनिक धारामा पानी थाप्न जादा निर्घात कुटपिट गरेको र टोल छाडेर जान उर्दी गरेको समाचार आयो । न्यायको खोजीमा‘प्रहरीमा जाँदा पनि गाउँमै मिलेर बस्नू भनेर फर्काइदिएको पिडित ले बताएको खबर छ । दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सकियो भने मात्र हिंसाले थिचिएका महिलाले न्याय पाउने मात्र होइन महिला हिंसा निराकरणका लागि थप टेवा पुग्नेछ। तर महिला हिंसा खास गरि दलित समुदायका महिला हिंसा जन्य मुद्दामा प्रशासन उदाशीन हुने गरेको यो त प्रतिनिधी घटना मात्रै हो । नेपाली समाजमा महिला त्यसमा पनि दलित समुदायका महिला माथि हुदै आएका यस्ता थुपै घटनाहरु कतिपय घटनाले चर्चा पाउँछन्, कतिपय बाहिर आउँदैनन् । पीडित र पीडकलाई प्रभावमा पारेर बिचौलियाले, प्रहरी प्रशासनले गाउँमै घटना सामसुम पारी मिलापत्र गर्दै, हुदै आइरहेका छन् जसको एउटा गतिलो उदाहरण लक्ष्मी परियारको घटना पनि हो ।
यसरि एकातिर हाम्रो पितृसत्तात्मक समाजमा महिलाहरू जन्मैदेखि लैंगिक विभेदको सिकार बनेका छन्। समाजका एउटा कमजोर , दलित र गरिब महिला लाई बोक्सी बनाउने , दाईजोको नाममा होस् या अन्तरजातीय विवाहको नाममा होस महिलाकै हत्या, अपहरण, बेचविखन कुटपीट सम्म गर्ने, दैनिक घरव्यवहारमा भेदभाव गर्ने, धर्म एवं संस्कारका नाममा रास्ट्र प्रमुख भएकी महिला लाई समेत बिभेद र अपमान गर्ने , तराईमा दाइजो पश्चिममा छाउपडी जस्ता कुपर्था लाई जीवन्त राखने हाम्रो समाजको पितृ सतात्मक सोच, अन्ध विश्वास, पुरातन संस्कार एवं परम्परा विवेक पूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा छ । अर्को तिर नेपालमा महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको तीन दशक पार भए ठूला–ठूला राजनीतिक संघर्ष र परिवर्तनहरू भए। तर जाने बुझेकाहरु तारे होटलमा बिभिन्नखाले भेला, गोष्ठी गरेर नारि दिवस बजेट सिध्याउन मनाइदै आएको छन । लक्ष्मी परियार र सुमित्रा सार्कीहरु माथि भइरहेका , भएको र हुने गरेका शारीरिक, मानसिक तथा घरेलु हिंसामा यिनको भूमिका हेर्ने हो भने, केलाउने हो भने नेपालका नारीहरूले अन्तर्राष्ट्रिय नारी दिवस ,केवल दिवसको रुपमा मात्र मनाउँदै आएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। यधपी अधिकार पाउन नसकेको अवस्थाकै बीच आज नेपालका महिलाहरुले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस “महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार” भन्ने नाराका साथ् मनाउदै छ । वर्षभरि अनेक बहानामा यातना पाइरहेका महिलाहरूलाई एक दिन शुभकामना दिनुको के अर्थ रहन्छ र ? अनेक प्रकारका यातना भोग्ने ति नारीहरुका लागि , दोहोरो तेहोरो मारमा परि मर्न बाध्य भएका लक्ष्मी परियार र दलित महिला भएकै कारण धारामा पानी भर्न नपाउने र बस्ति नै छोडेर जानु पर्ने सुमित्रा सार्कीहरु जस्ता ३५ लाख भन्दा बढी दलित समुदायका महिलाहरु लाइ यसरि मनाइने नारी दिवसको अर्थ , महत्व के होला ? यसले हिंसाका कारण पीडित भएका , न्याय नपाएका नारीमा कस्तो परिवर्तन आउला ?
अन्त्यमा, महिला हकहित तथा अधिकार, महिला सशक्तिकरण , समानता र महिला हिंसा न्यूनीकरणका लागि जनचेतना जगाउने हो भने हामि सवैले आजै बाट आफ्नै घरपरिवार, समाज, राजनीतिक दल, समाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय प्रशासन जवाफदेहि, उतरदायी बनौ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दलित महिलालाई साँचो अर्थमा हरेक क्षेत्रमा अगाडि बढाउने हो भने उनीहरूको नेतृत्व विकास अपरिहार्य छ । नाराका साथ् मनाउने शुभकामना होइन, वास्तवमै न्याय र इमानदारिताको वकालत गर्ने सस्कारको खाँचो छ।राज्यका हरेक संरचनामा दलित महिलाको समान सहभागितासँगै राजनीतिक नेतृत्व तहमा समेत सहभागिताको आवश्यकता छ । सरोकारवालाहरुले नारी दिवसलाई नारा र गोष्ठीमा मात्र सीमित नभएर प्रत्येक वर्ष नारी दिवसकै दिन नारी हकहित तथा सशक्तीकरणका लागि सार्थक र उपलब्धिमूलक बनाउन केहि गर्न सके नारी दिवसको महत्व र अर्थ रहनेछ र नारी आन्दोलनले यसै गरी अर्को शताव्दी गुजार्नु पर्दैन ।नारी दिवसका अवसरमा नारीहरुको समानता, अधिकारको लागि आवाजलाई अझ बलियो रुपमा अगाडी ल्याउने सबै महिलाहरु, महिलाको विकास, सशक्तिकरण र सम्बर्धनमा लाग्नुहुने सबैलाई हार्दिक शुभकामना।
No comments:
Post a Comment