मेघा रसाईलीले जितिन् मिस टुरिजम नेपालको उपाधि

विभेद बिरुद्ध अभियान - २२ फागुन, धरान । मिस टुरिजम नेपालको ताज मेघा रसाईलीले जितेकी छिन् । धरानमा सम्पन्न कार्यक्रममा विजयी बन्दै मेघाले स्कुटी र सौर्य एयरलाईन्समा एयरहोस्टेज बन्ने मौका पाएको आयोजकले जनाएका छन् । त्यस्तै मिस ट्यालेन्टको उपाधि टाइटल सहित फस्ट रनरअप स्नेहा वन बनेकी छिन् । उनले ३५ हजार र सौर्य एयरलाईन्समा जागिर पाईन् भने झापा, दमककी सोयाश्री बज्राचार्य वेष्ट क्याटवाक सबटाइटल सहित सेकेन्ड रनरअप भईन् । उनले पनि नगद २५ हजार र सौर्य एयरलाईन्सको जागिर पाईन् ।

त्यस्तै न्दना राई मिस पर्सनालिटी, रविना खवास मिस फोटोजेनिक, अनु राई मिस पब्लिक च्वाईस, आयुषा मगर मिस हस्पिटालिटी, रिचा भण्डारी मिस व्युटिफुल र सरिता राई मिस फ्रेन्डशीप घोषणा भए । सहारा ग्रुप इन्टरटेन्मेन्टको आयोजना र सौर्य एयरलाईन्सको मुख्य प्रायोजनमा भएको प्रतिष्पर्धा गत माघ ६ बाट सुरु भएको थियो । जसमा १५ सहभागीहरुलाई नेहा बजाज र सुभेक्षा कार्कीको कोरियोग्राफी प्रशिक्षण दिएका थिए ।

नेपाली कला संस्कार, संस्कृति र प्रकृतिक पर्यटनको विकास प्रबद्र्धन र मद्धत पु¥याउने उद्देश्यले मिस टुरिजम नेपालको आयोजना गरिएको इभेन्ट डाइरेक्टर श्री हिन्दुहाङ राईले बताए । कार्यक्रममा गायक प्रकाश पौडेल, पदम राई र विशाल राईले गीत प्रस्तुत गरेका थिए भने गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए । मिस नेपाल २००५ सुगारिका केसी उद्घोषकका अलावा कार्यक्रमको मुख्य आर्कषक बनेकी थिइन् ।

No comments:

Post a Comment