स्वर्गीय थमबहादुर विकको आश्रीत परिवारलाई नगद सहयोग

विभेद बिरुद्ध अभियान, बागलुङ, ३ चैत – घरमुलीको मृत्यु पछि विचल्लीमा परेको काठेखोला गाउँपालिका–२ सिमा (भीमापोखरा –८) स्थित एक परिवारलाई स्थानीय एक सहकारीको अगुवाईमा राहत रकम प्रदान गरिएको छ । भीमापोखरा–८ निवासी स्वर्गीय थमबहादुर विकको आश्रीत परिवारलाई गुहेली संचार सहकारी संस्था र खबर वे अनलाईन पत्रिकाको अगुवाईमा संकलित नगद ४६ हजार एक सय ४५ रुपैयाँ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज हरिनारयाण गौतमले नन्दकली विकलाई प्रदान गरेका थिए । विकको गत माघ १० गते भारतको राजधानी नयाँ दिल्लीमा ह्दयघातको कारण मृत्यु भएको थियो । घरमा कमाउने एक मात्र व्यक्तको मृत्यु भए पछि ६ जनाको परिवार विचल्लीमा परेका छन् । दुई छोरा र तीन छोरी रहेको विक परिवारमा कान्छी छोरी र कान्छो छोराले स्थानीय शिवालय आधारभूत विद्यालयमा अध्ययरत रहेका छन्भने जेठो छोरा र जेठी छोरी आर्थिक अभावको कारण पढन छोडेर मजुरी गर्न बाध्य भएका छन् ।

भारतको मजदुरीको भरमा परिवारको दैनिकी संचालन गर्दै आएको विक परिवार यति बेला चरम आर्थिक अभावले आहतको अवस्थामा पुगेको छ । स्थानीय समुदायको सक्रियतामा चन्दा संकलन गरी कागकिरिया सम्पन्न गरेको विक परिवारलाई दुई छोरा छोरी पढाउने र विहान बेलुकीको छाक टार्न समेत मुस्कील परेको छ । ‘सम्पत्तिको नाममा दश हात जग्गामा एउटा छाप्रो बाहेक केही छैन’ स्वर्गीय विककी पत्नी नन्दकली विकले भनीन–‘गाउँमा दैनिक मजदुरी गर्न पनि पाईदैन, परिवार कसरी चलाउने चिन्ताले परोलेको छ ।’ छरछिमेकीको सहयोगले काजकिरियाको काम त सकियो विकले थपिन्– पढदै गरेका छोरा छोरीको परिक्षा फि’ समेत तिर्न पुस्किल परेको छ । 

गुहेली संचार सहकारीका अध्यक्ष खिमबहादुर कार्की र खबर वे अनलाईन पत्रिकाका सम्पादक नवीन शिशिर वि.क.को सक्रियाता संकलन भएको रकम परिवारको आयआर्जन हुने किसिमका काममा खर्च गर्ने विकले बताएकी छिन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक गौतमले पत्रकारितालाई लोकल्याणकारी बनाउँदै लैजानुपर्ने बताएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, विवाईसी बागलुङका अध्यक्ष अमर थापा लगायतले बोलेका थिए । कार्यक्रममा विकको परिवारीक अवस्थाबारे स्थानीय विद्यापति शर्माले प्रकाश पारेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता र अनलाईनका सम्पादक नवीन शिशिर वि.क.को संचालनमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment