अन्तर्जातीय विवाह गरेका जोडीले दुई वर्षपछि प्रोत्साहन रकम पाए


रामेछाप, वैशाख २८ – अन्तर्जातीय विवाह गरेका ओख्रेनी गाविस ६ का यादव नेपाली र निरन्जना तामाङको जोडीले विवाह गरेको दुई वर्षपछि राज्यले घोषणा गरेको प्रोत्साहन रकम पाएका छन् ।
२०६८ साल असारमा वैवाहीक जीवनमा बाँधिएको यो जोडीलाई आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी सुन्दर भट्टराइले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
सरकारले अन्तर्जातिय विवाह गर्ने जोडीलाई विवाहपछि प्रोत्साहन बापत प्रति जोडी एक लाख रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरे अनुसार यो जोडीले विवाह गरेको दुई वर्षपछि रकम पाएको हो ।
सरकारी घोषणा अनुसार प्रोत्साहन रकम लिन जिल्ला प्रसासन कार्यालयमा सम्बन्धित कागाजातसहीत पटक–पटक प्रयास गरेका यादव र निरन्जनाको जोडी रकम पाएपछि उत्साही देखिएको छ ।
तत्काल रकम पाउने आशाले कागजपत्र पेश गरेपनि ढिला भएको उनीहरुले गुनासो गरे । ८ महिनाकी छोरीको साथमा सदरमुकाम मन्थली पुगेका उनीहरुले विवाह गरेपछि गाउँमा ठुलो तनाव झेल्नुपरेको बताए ।साभार : उज्ज्यालो

No comments:

Post a Comment